जापानमा वैदेशिक रोजगारी खुल्यो, नेपालीलाई प्रथामिकता

काठमाडौं, ११ पुष /धेरै नेपालीको वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य जापानमा नेपाली सहित अन्य देशबाट पनि रोजगारीकका लागि लैजाने भएको छ । जापान सरकारले मंगलबारदेखि लागु गरेको नयाँ नीतिअन्तर्गत नेपालीसहित अन्य देशका आप्रवासी कामदारका लागि रोजगारीका लागि खुल्ला भएको हो ।

जापान सरकारले गरेको नयाँ नीति अनुसार कामदार जान पाउने स्रोत मुलुकमध्ये नेपाल जापानको उच्च प्राथमिकतामा परेको छ । जापान सरकारले नेपालबाट जाने कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति ल्याएको छ ।

जापान सरकारको यस नयाँ नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुने र यसले नेपालीसहित विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्ने छ ।

अप्रिलदेखि परिक्षा सुरु

विदेशी कामदार ल्याउन जापान सरकारले सन् २०१९ का लागि १६ दशमलब ३ अर्ब जापानी येन बजेट छुट्याएको छ । जापानले विभिन्न १४ वटा क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति कार्यान्वयनमा ल्याएको हो । नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले सो क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

कम्तीमा ३ लाख ४५ हजार १ सय ५० आप्रवासी कामदारलाई रोजगार भिषाअन्तर्गत आफ्नो देशमा भित्राउने जापान सरकारको लक्ष्य रहेको छ । सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ । आगामी पाँच वर्षमा जापानले नयाँ नीतिमार्फत् करिब तीन ३ लाख ४५ हजार विदेशी कामदार भित्राउने योजना बनाएको छ ।

कमेन्टहरु
Loading...