पोखराको जनएकतामा सहकारीबाट ९ लाख बढि रुपैयाँ चोरी

पोखरा, १ असोज / पोखरको सृजनाचोकमा गएराति सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ । पोखरा

महानगरपालिका ८ सृजनाचोक भन्दा करिब ५० मिटर माथि रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा

सटरको चाबी फोडेर ९ लाख १४ हजार ४ सय ५ रुपैयाँ चोरी भएको कास्की प्रहरीले जनाएको छ ।

आइतबार बैंकमा जम्मा गर्न ढिलाइ भई सहकारीको कार्यालयमा नै धेरै रकम भएको बेला चोरी भएको देखिएको

छ । सुरक्षा गार्ड र सिसी क्यामरा दुबै नभएको मौका पारेर दराजको सेफभित्र राखेको रकम चोरी भएको प्रहरीको

भनाई छ । प्रहरीका अनुसार सेफमा चाँवी नलगाउँदा चोरले सजिलै चोरेर लगेको देखिएको प्रहरीले भनाई छ ।

चोरी भएको सोमबार विहान मात्र थाहा भएको थियो । सहकारी नजिकैको होटलका कर्मचारीले सोमबार विहान ९

बजे चावी फोडिएको देखेपछि सहकारी सञ्चालकलाई खबर गरेका थिए ।

त्यस पछि प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र

गुरुङले बताए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...