जलवायु परिवर्तन अनुकलनका प्रयासहरु कास्कीमा

पोखरा, २४ मंसिर /विगत ४ वर्ष देखि कास्की जिल्लाका १० गाविस मा सञ्चालन हुदैँ आएको जलवायु परिवर्तन अनुकलनका प्रयासहरु कार्यक्रम समापन भएको छ ।  ढिकुरपोखरी सामुदायिक विकास संघ द्धारा सञ्चालन हुदैँ आएको र युएस आइडीको सहयोग देखि लिएर आइडी नेपाल रुपान्तरण र रिम्स नेपाल लगायतका संस्थाले सहयोग गर्दै आएका थिए ।

सो कार्यक्रम अन्र्तगता कास्की जिल्लाका ढिकुर पोखरी ,लुम्ले ,धिताल,लाहाचोक ,भलाम ,कालिका,माझठाना,सैमर्याङ,थुमाको डाडा र सिल्दुजुरेमा गरि ३२ सय किसानलाई आवद्ध गराइएको डिसीडिओका कार्यक्रम निर्देशक कृष्ण भण्डारीले जानकारी दीनु भयो ।  ४ वर्षको समयमा १ करोड २० लाख भन्दा बढी खर्च नभए पनि लगानी अनुरुप किसानका लागी बढी नै प्रतिफल भएको दाबी गरिएको छ ।

सो कार्यक्रमबाट स्थानीय अनुकुलन योजना (लापा) निर्माण गरि गाविसका योजनामा जनताको सहभागिता गराउन सफल भएको छ । त्यसैगरि किसानहरुको लागी थोपा सिचाँई, प्लाष्टिक पोखरी निर्माण ,पोखरीको संरक्षण ,एक घर एक धारा,र बहुउद्देशीय खानेपानी ९मुस ० कार्यक्रम देखी लिएर सुगन्धित तेलवाली र तरकारी वालीका लागी किसानहरु लाई आवद्ध गराइएको थियो ।

कार्यक्रमले किसानको आर्थिक आयआर्जनमा वृद्धिका साथै जलवायु परिवर्तनका बारेमा सचेतना र अनुकुलन हुने तरकारीवाली,क्षमता वृद्धि र बजार प्रवद्र्धनका लागी समेत काम गरेको थियो । कार्यक्रमको समापन अवसरमा बोल्दै कास्की का स्थानिय विकास अधिकारी बलराम ढकालले गेह्रसामाजिक क्षेत्रबाट गरिने कार्यक्रमहरु किसान लक्षित र कार्यक्रम मुखी भएको मा खुशी व्यतm गर्नुभयो ।

त्यसैगरि आइडी नेपालका मदन परियार,डिसिडियोका सल्लाहकार डा .कृष्ण भण्डारी,आइडी नेपालका बालकृष्ण थापामगर,रुपान्तरणका बबिता घिमिरे र किसान राम देवकोटा ,कल्पना अधिकारी लगायतका वतmाले कार्यक्रम प्रभावकारी भएकाले उतm गाविसमा यस्ता कार्यक्रम पुन सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो ।

कमेन्टहरु
Loading...