पोख्रेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु

पोखरा, १६ पुस /पोख्रेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु भएको छ । बिगत ४ बर्ष देखि पोल्यान्डको वार्सवामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गरेरका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । चार दिन पछि उनको शव भेटिएको हो ।

साथीहरु सगँ क्रिसमस मनाउन निस्किने भेन पनि म पछि आउछु भन्दै कोठामा बसेका थिए । तर उनी त्यस पछि संम्र्पक बिहिन बनेका थिए । चार दिन पछि पोल्यान्डका अखबारमा एसियन नागरिकको मृत्युु भन्ने खबर छापिए पछि नेपालीहरुले ईश्वर श्रेष्ठ भएको पुष्टि गरेका थिए ।

मृत्यु बारेमा नेपाली राजदुतावास जर्मनमा औपचारिक जानकारी दिएको र सम्बन्धित निकायमा खबर पठाएको एनआरएन पोल्यान्ड सस्थापक अध्यक्ष डा बोधराज सुबेदीले जानकारी दिएको भन्दै पोल्यडमा रहेका नेपाली भाषाका अनलाइनहरुले खबर लेखेका छन् ।

ईश्वर श्रेष्ठ (इशु) गायक हुन् । उनी थ्रर्ड आइ व्याण्डका बोकलिस्ट हुन् । पोखरा रहेदा उनले पोखराका विभिन्न रेष्टुरेन्टमा गित गाउने गरेका थिए । उनका झिलिमिलि पोखरा, नेपाल बन्द छ लायतका गित प्रख्यात छन् ।

कमेन्टहरु
Loading...