एक सय वर्ष अगाडीको पोखरा र फेवातालका फोटो प्रर्दशनी

पोखरा १४ पुस /पोखरामा सडक महोत्सव चलीरहदाँ एक सय वर्ष अगाडीको पोखरा र फेवाताल कस्तो थियो भन्ने कुरा फोटो हेरेर बिदेश पर्यटक मात्रा होईन पोख्रेलीहरु पनि दङग परेका छन् । फोटोगा्रफर स्व दिर्घमान चित्रकारले खिचनु भएको फोटाहरु प्रर्दशनीमा राखिएका छन ।

रत्न मन्दिरको वाहिरी परर्खालमा राखिएका उक्त फोटाहरुले पहिलाको फेवाताल र पोखरा चित्रीत गरेको छ । फेवाताल मानवीय र प्राकृतिक अतिक्रमा कति परेको रहेछ भन्ने कुरा फोटाहरुमा देखिएको छ । सर्वोच्च अदालतले फेवाताको वारेमा संरक्षण गर्ने आदेश र फैसला गरेपनि कार्यान्वयन हुन सकेको छैन ।

तर फोटाले बोलेको फेवातालको आकार, क्षेत्र र सिमाना कहाँ सम्म रहेछ । सय वर्ष अगाडीको पोखराको वजार,वाटा घाटा,चोक र चौतारा फोटोमा देखिएको छ । अहिले रहेको मनिपालको जमीन र काहुँडाडाँ छ्टा्याउन कठीन छ । फोटोले सय वर्ष यता पोखरा र यस क्षेत्रको विकास कति भयो ,वातावरणीय तवरवाट कति बिनास भयो भन्ने पनि बुझन सकिन्छ ।

स्व दिर्घमान चित्रकारले संकलन गरेका फोटाहरु मुस्ताङको मुक्तिनाथ मन्दिर र जनजिवन, गोरर्खा लम्जुङ र नुवाकोटका राजाका दरवारहरु, तनहुँको ढोरफेदी, स्याङजाको पुतली बजार, पाल्पाको रानी महल र गुल्मी, अर्घखाचीको ग्रामीण भेगलाई फोटोमा समेटीएको छ । तत्कालीन समयमा यातायताको साधन नहुदाँ पनि फोटोगा्रफरले आफ्नो कलालाई क्यामारामा कैद गरेको पाईन्छ ।

चित्रकारले समेटन खोजेको ब्यवसायीक जकसन पनि रोचक देखिएका छन । पाल्पाको तान्सेन ,बटौली,खस्यौली वजार चित्रकारका रोजाईमा रहेका छन । उक्त चित्रहरु उहाँकै नाति फोटो पत्रकार किरण चित्रकारले प्रर्दशनमा ल्याउनु भएको हो ।सो फोटोको शनिवार गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कँुवरले अवलोकन गदै ईतिहास लेखेर मात्रै होई देखेर मात्रै ईतीहास देखिने वताउनु भयो ।

कमेन्टहरु
Loading...