ह्विलचेयरमा जिन्दगीको संघर्ष

बाबु भन्छन्, ‘आशमात्रै देखायो पोखराले’

श्याम राना । पोखरा

ह्विलचेयरमा एक अबोध बालक । बेलाबेला मुखमा आउने ¥याल पुछिदिदै छन् ः उनका अधबैंशे बाबा । भूईँमा

राखिएको छ एक पुरानो टोकरी । जसमा देखिन्छ १०÷२० फुटकर रुँपैया । त्यसको ठीक अघि देखिन्छ ः

राजकुत गाउँ विकास समिति, बुर्तिबाङ बाग्लुङले बनाइदिएको ठूलो साइनबोर्ड । जसमा लेखिएको छः ‘सक्दो

सहयोग गरिदिनुस्, उनको आर्थिक स्थिति एकदमै कमजोर छ ।’

विन्ध्यवासिनी मन्दिरमा सधंैभन्दा अलिक भिडभाड थियो । महंगा गरगहना, कपडामा छन् मान्छेहरु । महंगा

मिठाई, परिकार चढाउँदै छन् । तर, बाग्लुङका ७ वर्षीय मनिष विश्वकर्मा आर्थिक स्थिति कमजोर भएकैले

सहयोगको अपेक्षामा ह्विलचेयरमाथि बसेर जीवन र मृत्युसँग लडिरहेछन् ।

उनी जन्मदै अपांग हुन् । हात, खुट्टा, पुरै शरीर कुनै पनि भाग राम्रोसँग चल्दैन । ‘यस्तै जन्मियो, हेरचाह गर्न एक

जना नभई हुँदैन । कपडामै दिसापिसाब गर्छ । सफा गरिदिनु प¥यो । खुवाउनु प¥यो,’ उनका बाबा नारायण

विश्वकर्मा भन्छन्, ‘घरको स्थिति एकदमै नाजुक छ । कसरी उपचार गरौं ? आफै बाँच्न गाह्रो छ ।’

मनिषका २ दाइ १ दिदी छन् । उनीहरु भने सपांग छन् । बोल्न सक्छन्, कुद्न सक्छन् । मनलाग्दी उफ्रिन सक्छन् ।

तर, मनिष ? न त बोल्न सक्छन्, न कुद्न नै । उनको ओंठले जेनतेन हाँसो चिन्छ । बेलाबेला मुस्कुराउँछन् ।

नारायण भन्छन्, ‘एकदमै प्रिय लाग्छ उसको हाँसो । एकदमै निरिह । त्यो पनि क्षणभरमै बिलाइजान्छ ।’

बाग्लुङ बसपार्कको छेवैमा सानो डेरा लिएर बसेका छ मनिषको परिवार । उनको उपचार गर्न पोखरा झरेको पनि

२ वर्ष भयो । तर, नतिजा भने शून्य छ । उपचार गर्न धेरै आर्थिक भार पर्ने देखिएपछि बाटोमा बसेर सहयोग

याचना मागिरहेका छन् ।

मनिषका दाइदिदी पनि पोखरामै छन् । स्कुल जान्छन् । आमा भने गाउँमै छिन् । बीचमा मनिषको आँखामा पनि

समस्या देखियो । अहिले हरियोखर्क आँखा अस्पतालमा उपचार हुँदै छ उनको । ‘धन्न ! उपचारको पैसा लाग्दैन,’

बुबा नारायण सुनाउँछन्, ‘टिकट मात्र लिए पुग्छ ।’

हत फैलाएर सहयोग मागेको दिनमा ५ सय रुपैयाँ जति जम्मा हुन्छ । त्यसले परिवार धान्नमात्रै ठीक भएकोछ ।

नारायण भन्छन्, ‘बस्न पनि मुस्किल छ, छोराको उपचार कसरी गर्नु खै ?’ छोराको उपचार गरौंला । परिवारको

लागि आर्थिक जोहो गरौंला भनेर पोखरा आएका उनी आफैं बिरामी छन्, अहिले ।

गरिबी भएकै कारण कति रात त भोकै बसेको अनुभव पनि छ नारायणसँग । भन्छन्, ‘म त बरु पानी मात्र पिएर

बसुला केटाकेटीलाई के भनेर चित्त बुझाइदिऊँ ?’ गाउँको पाखोमा सानो झुप्रोबाहेक केही छैन सम्पत्तिको नाममा

। सहयोगको याचना गर्दै कति ठाउँ पुगे उनी, आश्वासनसमेत पाएका छन् । पछिल्लो समय छोराको स्वास्थ्यवस्था

झनै नाजुक हुँदै छ । नारायण झनै समस्यामा छन् ।

छोराको उपचारको सपना देखाएर पोखरा तानेको थियो पहिले नारायण परिवारलाई । सोचेका थिए, ‘गरौंला केही

। बनौंला केही । छोरा हिड्ने होला । उफ्रिने होला ।’ तर, अचेल सबै फिक्का लाग्दैछ, उनलाई । भन्छन्, ‘रातमा

राम्रोसँग निन्द्रा पनि लाग्दैन । विदेश गए परिस्थिति केही सहज हुन्थ्यो होला जस्तो पनि लाग्छ । तर, अपांग

छोरालाई एक्लै छाडेर कसरी उड्न सक्छु आकाशको बाटो ?’

कमेन्टहरु
Loading...