पोखरामा सुविधा सम्पन्न ‘होटल पोखरा गुडविल’ सञ्चालनमा

पोखरा १० चैत्र /पोखराको लेकसाईडमा सुविधा सम्पन्न होटल पोखरा गुडविल सञ्चालनमा आएको छ । करिब १२ करोडको लगानीमा होलटल निमार्ण गरि सञ्चालनमा ल्याएको बुधवार आयोजित पत्रकार सम्मेलनमा ग्रुपका प्रबन्ध निर्देशक मदन केसीले जानकारी दिए ।

पोखरामा सुविधा सम्पन्न ‘होटल पोखरा गुडविल’ सञ्चालनमा
पोखरामा सुविधा सम्पन्न ‘होटल पोखरा गुडविल’ सञ्चालनमा

उनले तीन वर्षको लगाएर होटलको सम्पुर्ण काम सके पछि सञ्चालनमा ल्याएको बताए । होटलमा दुई वटा स्विट, ६ वटा सुपर डिलक्स, ३२ वटा डिलक्स र एउटा फेमिली कोठा सहित ४१ कोठा छन् । केसीका अनुसार होटलका सबै कोठाहरु बातानुकुलित छन् । होटलमा मिनी वार, फ्रि वाइफाई, टिभी र टेलिफोन सहितका सेवा उपलब्ध छन् ।

गुडविल ग्रुप अन्तर्गत होटल सहित गुडविल ट्राभल, गुडविल ट्रेकिङ, गुडविल स्पा एण्ड ब्युटी पार्लर, रेष्टुरेन्ट एण्ड वार, कफि एण्ड आइसक्रिम, सपिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याएको केसीले जानकारी दिए । होटल भित्र सुविधा सम्पन्न करफ्रेन्स हल, मिटिङ्ग हल सहित अन्डरग्राउण्ड पार्किङको पनि ब्यवस्था छ । होटलमा रुफ टप गार्डेन पनि छ जहाँबाट फेवाताल सहित हिमाली श्रृङखला स्पष्ट देख्न सकिन्छ ।

होटल सञ्चालनमा आएको अबसरमा एक महिना सम्म २५ प्रतिशत छुटको व्यवस्था गरिएको केसीले बताए । होटलमा रहेको स्विट रुमको विदेशीको लागि एक रातको एक सय १० डलर र नेपालीको लागि ८ हजार रुपैया पर्नेछ । त्यस्तै सुपर डिलक्समा विदेशीलाई ६० डलर तथा नेपालीको लागि ४५ सय रुपैया पर्नेछ । डिलक्स रुमको लागि विदेशीलाई ४० डलर र नेपालीको लागि तीन हजार रुपैया पर्ने केसीले जानकारी दिए । होटलमा अहिले २९ जनाले रोजगारी पाएका छन् ।

पोखरामा सुविधा सम्पन्न ‘होटल पोखरा गुडविल’ सञ्चालनमा
पोखरामा सुविधा सम्पन्न ‘होटल पोखरा गुडविल’ सञ्चालनमा
कमेन्टहरु
Loading...