पोखरामा बेलुनमा उडेर दृश्य अवलोकन गर्न पाइने

पोखरा, १ मंसिर / पोखरा आउने पर्यटकले थप मनोरञ्जन पाउने भएका छन् । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनमा उडेर पोखरा, फेवाताल र हिमालका मनोरम दृश्यावलोकन गर्न पाइने भएका छन् ।

शनिबार देखी प्रालिले पोखरमा बेलुनमा उडेर मनोरञ्जन लिन पाउने प्रालिका सञ्चालक सदस्य प्रविण महर्जनले जानकारी दिए । उनले दुईवटा बेलुनबाट सेवा सुरु गर्ने बताए । उनले एउटा बेलुनमा आठ जनाले उडान भर्न सक्ने बताए ।

कास्कीको धम्पुस र पोखरा महानगरपालिका २४ लौरुकबाट उडान गर्ने उनले जानकारी दिए । धम्पुसबाट उडेको बेलुन मर्दी खोला किनारमा अवतरण गर्ने छ ।

उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ । खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल ल्याइएको उनले बताए ।

प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिने बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई शुरु गर्न लागिएको साहसिक खेलसँगै निकष्ट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने प्रालिले जनाएको छ । बेलुन सुरु भए सगँ २५ जनाले रोजगारी पाउने छन् ।

 

कमेन्टहरु
Loading...