अस्पतालबाट शिशु चोरी गर्ने महिला पक्राउ

पोखरा, २८ असार /पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट हराएको नवजात शिशु स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट बच्चा सहित एक महिलालाई पक्राउ गरेको छ ।

शुक्रबार अस्पतालबाट शिशु चोर्ने महिलालाई प्रहरीले स्याङजाबाट पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

स्याङ्जा कालीगण्डकी गाउँपालिका ७ मिर्मी स्थित विद्युत ड्यामको आवास गृहमा बस्दै आएकी अन्दाजी ३५ बर्षिय बिमकला भन्ने बिमला पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा लगाएत सम्पुर्ण मातहत प्रहरी युनिटबाट चेकिङ टोलि खटाईएकोमा विशेष सुचनाको आधारमा महिलालाई उनि बस्दै आएको आवास गृहबाट बच्चा सहित नियन्त्रणमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

शिशुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पाल्पा तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा जन्मेको ४ घण्टामै एक हराएको थियो । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् ।

शिशु चोरेकी मोहन डाडाकी विमला पाण्डेले केही समय अघि दोस्रो विवाह गरेकी थिइन् । आफू गर्भवती रहेको बताउँदै आएको स्थानीयले बताए । उनले पेटमा बच्चा छ भन्दै कपडा पोको पारेर राख्ने गरेको आशंका स्थानीयको छ ।

कमेन्टहरु
Loading...