पोखरा भद्रकाली माविमा ५ कक्षामा पढ्ने विद्यार्थीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

पोखरा, २६ माघ /कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा पोखरामा एक जना विद्यार्थीको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको थियो । दुवै जना १५ वर्षका हुन् ।

पिटाइबाट घाईते भएका होमको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । सोही दिनदेखि बहोस उनी आइसियूमा उपचाररत थिए । माघ २० गते नियमित कक्षा सकिएपछि ४ बजेपछि दुई जना सहपाठी पिसाव गर्न शौचालय गएको उनका साथीहरुले बताएका छन् । होमले पिसाब गरिरहँदा आशिषले गालाको ¥याल निकाल्दिन्छु भन्दै गालामा हाने । होमबहादुरको गालामा पूरानो घाउ थियो ।

जसलाई विद्यालयले पुरानो ट्युमर भनेको छ । आशिष पनि चकचक गरिरहने केटा रहेको उनकै बुबा नन्दसिंह गुरुङले पनि बताएका छन् । आशिषले पिटेपछि उसले पनि आशिषलाई पछारेको साथीहरुले भनाई छ । होमको गाला त्यसपछि सुनिँदै गयो ।

त्यसपछि होम कक्षाकोठातिर गए । शिक्षिकाले होमको आमालाई फोन गरेर सानोतिनो चोट लागेको छ आउनुस् भनेर बोलाएको आमा खिमकुमारी बिकले बताएकी छिन् । त्यसपछि तत्काल होमलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा सिटी स्क्यान गर्नपर्छ भनेर मनिपाल रिफर ग¥यो । मनिपाल ईमर्जेन्सीमा भर्ना गरेर उनको शल्यक्रिया गरियो ।

अप्रेशन गरेका डा. कृष्ण कोइरालाले पहिल्यैदेखि स्वास्थ्य समस्या रहेकाले सोचेजति स्वास्थ्यमा प्रगति नभएको र ब्रेन डेथ भइसकेको बताए । होमका आफन्तले सामान्य घाउको निहुँ बनाउन नहुने भन्दै स्कुलले नै जिम्मेवारी लिनुपर्ने बताएका छन् । तर, विद्यालयले भने ट्वाइलेमा भएको झगडामा के गर्न सकिन्छ ? भनेको छ । आमा खिमकुमारीले रुँदै भनिन् ‘ट्युशन पढ्दिन ममी भन्थ्यो, मैले नै पढाएँ । खाना खुवाएर स्कुल पठाएको छोरो यस्तो भयो ।’

शिक्षिका मिनादेवी बरालले भने नियमित कक्षा सकिएपछि ट्युशन सुरु हुन १५ मिनेटजति ब्रेक हुने भएकाले सो समयमा ट्वाइलेट जाँदा घटना भएको बताएकी छिन् । उनले अभिभावक दिवसको लागि चिठ्ठी लेख्न तयारी गरिरहँदा विद्यार्थीबीच झगडा भएको सुनाईन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बरालले भने बच्चाको पूरानो केशले गर्दा जटिल अवस्था आएको बताए ।

उनले भने – ‘बाबुको पुरानो केश हो । पुरानो ट्युमरमा चोट लागेर यस्तो भएको हो । हामी अत्यन्त उत्तरदायी छौं । नैतिक जिम्मेवारी पनि लिन्छौं ।’ डिएसपी रविन्द्रमान गुरुङले घटनापछि नै आशिषलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

फेवा टेलिभिजनको हामीलाई भन्नु छ र गण्डकी टेलिभिजनको गण्डकी छड्कमो यस विषयमा सामाग्री प्रसारण भएका छन् । यी सामाग्रीहरु तयार हुने बेलासम्म बालकको मृत्यु भइसकेको थिएन ।

गण्डकन्यूज डटकमबाट

https://www.youtube.com/watch?time_continue=143&v=qA_mOde668I

कमेन्टहरु
Loading...