हिमालय मावि मौजाको प्रावि शाखा भवनमा पहिरोका कारण क्षती

पोखरा, ६ भदौ /पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा रहेको हिमालय माविको प्रावि शाखाको भवन पहिरोका कारण क्षती पुगेको छ ।

गत साता आएको अविरल वर्षाका कारण विद्यालयको तल्लो भेगमा पहिरो जांदा विद्यालय संगै सामुदायिक भवन सहभागीतामुलक प्रविधी विकास उद्यान केन्द्र समेतमा क्षती पुगेको हो ।

मौजा बिकास कोष हल्याणका जुम गुरुङको नेतृत्वमा २०६१ सालमा निर्माण सम्पन्न भइ विद्यालयलाई सामुदायिक भवनको रुपमा प्रयोग गर्न हस्तान्तरण गरिएको सामुदायिक भवन समेत पूर्ण रुपमा क्षती भएको विद्यालयका प्रध्यानाध्यापक मणिराज परियारले जानकारी दिए ।

वर्षा संगै आएको पहिरोका कारण २०२८ सालमा निर्माण भएको ६ कोठे भवन समेत पूर्ण रुपमा क्षती भएको र अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकाले पहिरोले विद्यालय र सामुदायिक भवननै बगाएर लैजाने होकी भन्नेमा आफुहरु चिन्तित रहको समेत परियारले वताए ।

विद्यालयमा क्षती पुगेपछि त्यहा अध्ययनरत २५ जना विद्यार्थीलाई हिमालय मावि मौजामा स्थानान्तरण गरिएको छ । पहिरोका कारण विद्यालय र सामुदायिक भवन संगै मौजा हुदै घ्यापु जाने कच्ची सडक समेत भासिदा स्थानियहरुलाई अवतजावतमा समेत समस्या परेको पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले वताए । वडा अध्यक्ष गुरुङ शुक्रबार मात्रै पहिरोको निरीक्षण गर्न उक्त क्षेत्रमा पुगेका थिए ।

पहिरोको अवलोकन पश्चात गुरुङले आफ्नो तर्फबाट र महानगर संगै सम्बन्धित निकायलाई पहिरोको क्षतीको बारेमा जानकारी गराउने वताएका थिए । ग्रामीण भेगमा रहेको विद्यालय भवन पहिरोका कारण क्षती भइ भएको र सडक समेत पहिरोले लगेका कारण आफु निकै चिन्तित बनेको वताउदै अध्यक्ष गुरुङले यसवारेमा तत्काल सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउने वताएका हुन ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुवेदार होम बहादुर गुरुङ, समाजसेवी जमदार नन्दवहादुर गुरुङ, विद्यालयका जग्गादाता इन्द्र प्रसाद पोख्रेल, पोखरा महानगरपालिका वडा नम्बर २० का प्राविधीक महेन्द्र भट्टराई लगायतले पहिरोको अवलोकन गरेका थिए ।

कमेन्टहरु
Loading...