टेबल टेबलमा पाठक

श्याम राना

अगाडि टेबलमा चियाको कप छ । हातमा किताब छ । बेलाबेला चिया सुरुप्प पार्छन् तर आँखा अन्त डुलाउँदैनन् ।

ती युवकका आँखा एकोरिएका छन्, खालिद हुसेनीको ‘अ थाउजन्ड इस्पिलेन्डिड सन’ मा । अर्को टेबलको दृश्य उस्तै उस्तै छ ।

टेबलमा कफीको कपबाट बाफ उडिरहेको छ । कफीको चुस्की लिँदै एक युवती नवीन विभासको ‘रोल्पा सुइना’मा झुलिरहकी छन् ।

यस्ता दृश्य टेबलैपिच्छे देखिन्छ । भित्ताका सबै सोकेस किताबले भरिएका छन् । विधैपिच्छेका ¥याक छन् । फिक्सन, ननफिक्सन ।

बायोग्राफी, कविता, इतिहास, अध्यात्म, दर्शन, अंग्रेजी, हिन्दी आदिआदि । कर्नरका भित्ता चित्रकारका पेन्टिङले सजिएका छन् ।

भित्र यस्तो दृश्य भएको घरबाहिर साइनबोर्ड झुन्डिएको छ, हिमालयन रिडर्स कर्नर ।

पोखरा महानगरपालिकाको कार्यालदेखि करिब २ सय मिटर दक्षिणमा छ कर्नर । जहाँ दिनहुँ पुस्तकपे्रमीको जमघट हुन्छ । यो किताब अखडा पुस्तकालय होइन, पसल हो । तर किताब नकिनी पढ्छुमात्रै भन्नेलाई पनि एउटा कुनो छुट्याइएकोचाहिँ छ ।

अन्नपूर्ण गाउँपालिका ढिकुरपोखरीका विजय र भक्ति भण्डारी दम्पतीले पोखराको गैरापाटनमा सुरु गरेको किताब दोकानको शाखा अचेल न्युरोडमा पनि खुलेको हो । यहाँ किताब पसलमात्रै छैन, किताबी कुरा गर्ने सभाकक्ष पनि छ ।

हिमालयन रिडर्स कर्नर पोखरा
हिमालयन रिडर्स कर्नर पोखरा

कुनै शनिबार त्यस्तो हुन छाडेको छ, जहिले हिमालयन रिडर्स कर्नरमा साहित्यिक कार्यक्रम नभएको होस् । ‘किताब किन्ने र पढ्ने भनेकै साहित्यिक गतिविधिमा चासो राख्नेहरु हुन्’, विजय भन्छन्, ‘कार्यक्रम पनि होस् भनेर हल बनायौं, कार्यक्रममा आउँदा पसल छिर्नेहरु पनि हुन्छन् ।’

किताब पढ्ने र पढांै भन्नेहरुको संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछाने साहित्यिक किताबमात्रै किन्न पाइने पसलको अभाव हिमालयन रिडर्स कर्नरले पूरा गरेको बताउँछन् ।  भन्छन्, ‘न स्कुल, कलेजका किताब बेच्नेकहाँ अरु गतिला किताब पाइन्छ न पत्रिका पसलमा, यो कर्नरमा हामीले खोज्नेजस्ता किताब पाइन थालेको छ ।’

किताब किन्नै नपरे पनि र कार्यक्रममै नहुँदा पनि किताबप्रेमीहरुको सत्संगका लागि आफू र आफ्ना साथीहरुले रिडर्स कर्नरलाई गतिलो गन्तव्य बनाइरहेको लामिछानेले सुनाए ।

विजय भण्डारीले काठमाडौंको शंकरदेव क्याम्पस पढ्दा किताब पसलको जुक्ति फुराएका हुन् । व्यवस्थापनका विद्यार्थी उनलाई पनि किताबमा रस बस्थ्यो । तर आफ्नो सहर पोखरामा स्कुल र कलेजका बाहेक किताब बेच्ने पसल नभएको कुराले उनलाई खट्केकै थियो ।

हिमालयन रिडर्स कर्नर पोखरा
हिमालयन रिडर्स कर्नर पोखरा

जब पढाइ पूरा गर्ने अनि किताब पसल खोलिहाले । उनीकहाँ नियमित पाठक र ग्राहकको संख्या बाक्लो हुन थालिसकेको छ । कुन पाठकलाई कस्तो किताब मन पर्छ भन्ने भेउ भण्डारीलाई भइसकेको छ ।

बजारमा नयाँ कुन स्वादको कस्तो किताब आउँछ, त्यही अनुसार पाठकलाई खबर पनि गर्न भ्याउँछन् उनी । भन्छन्, ‘घरघरै पु¥याउन सेवा दिन नसके पनि खबरचाहिँ गर्छाैं, पछिपछि घरै पु¥याउने योजना पनि छ ।

भण्डारीको पसलबाट महिनामा सरदर १ हजार किताब बिक्री हुन्छ । ‘अरु व्यापारमा जस्तो मनग्ये आम्दानी हुन नसके पनि यो पेसामा सन्तुष्ट छु,’ भण्डारी दम्पती एकैस्वरमा भन्छन् ।

एनमार्कको अष्ट्रेलियन एजुकेसन फेयर भदौ पहिलो साता पोखरामा

कमेन्टहरु
Loading...