हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) मा बेलायत गुरुङ र महिला तर्फ डोयलको अग्रता

बेशीशहर लम्जुङ, ८ मंसिर / लम्जुङको मस्र्याङदी नदीमा शनिवार देखी सुरु भएको १७ औ संस्करणको हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१८ (कायाकिङ) प्रतियोगितामा पुरुषतर्फ वेलायतका प्रितम गुरुङ र महिला तर्फ आइरिसकी सुशन डोयलले अग्रता लिएकी छिन ।

नेपाल एसोशियसन अफ ¥याफ्टिङ एजेन्सीको आयोजनामा शनिवार लम्जुङको मस्र्याङदी नदी स्थित बेलौती बिसौनामा सम्पन्न २ किलो मिटर डाउन रिभर रेस स्प्रीन्टमा बेलायतका प्रीतम गुरुङले १५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै २ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै अग्रता लिएका हुन ।

गुरुङलाई पच्छ्याउदै नेपालका रोजेन्द्र गुरुङले २ मिनेट २६ सेकेण्डमा निर्धारित दुइ किलो मिटर दुरी पार गरेका थिएभने तेश्रो स्थानमा बेलायतका माट स्टेफेन रहेका छन । शनिवार सम्पन्न खेलमा महिला तर्फ आइरिसका सुशन डोयल अग्र स्थानमा रहेकी छिन । डोयलले निर्धारित २ किलो मिटर दुरी २ मिनेट ३७ सेकेण्डमा पार गर्दै अग्रता लिएकी हुन ।

उनलाई पच्छ्याउदै जर्मनकी भेरा नियसले २ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन । शनिवार सम्पन्न खेलमा पुरुषतर्फ १५ र महिला तर्फ ५ जनाले भाग लिएका थिए । शनिवार बेलायत, नेपाल, आइरिस र जर्मनका खेलाडीहरुले सहभागीता जनाएका थिए ।

जलखेलकुदको माध्ययमबाट बाह्य पर्यटकहरुलाई नेपाल भित्राउने र ब्याबसायिक कायकर उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगिता आगामी सोमबार सम्म सञ्चालन हुने नेपाल एसोशियसन अफ ¥याफ्टिङ एजेन्सीका अध्यक्ष निम बहादुर मगरले वताए ।

प्रतियोगितामा बेलायत, फ्रान्स, अमेरिका, क्यानडा, नर्वे, स्वीडेन, स्पेन, न्यूजिल्याण्ड तथा अष्ट्रलिया लगायतका पुरुष र महिला गरि १०० भन्दा बढि कायकरहरुले सहभागीता जनाएका छन । प्रतियोगितामा आइतबार दोस्रो दिन स्ट्रिम सलालम र अन्तिम दिन सोमबार हेड टु हेड बोर्डर क्रस विद्यामा खेल हुनेछ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने कायकरले हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गर्ने छनभने द्धित्तिय र तृतीय हुनेले हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु ३० हजार र २० हजार हात पार्नेछ । त्यसैगरि महिला तर्फको बिजेता, उपबिजेता र सान्त्वना स्थान हासिल गर्ने कायकरलाई हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु ३० हजार २० हजार र १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...