हिमालय आँखा अस्पतालको सेवा विस्तारमा भारतले सहयोग गर्ने

पोखरा १५ असार /भारतीय राजदुत मन्जिभ सिंह पुरीले हिमालय आँखा अस्पतालको सेवालाई बिस्तार गर्नका लागी सहयोग गर्ने वताएका छन । अस्पतालले विभिन्न ग्रामीण भेगहरुमा पुगी स्वास्थ्यको पहुंचबाट बन्चित भएको ठाउँमा पुगी आँखाको उपचार तथा शिविरहरु सञ्चालन गरी सेवामा समर्पित भएको र अझै पनि त्यस्ता सेवा विस्तारका लागी भारतको तर्फबाट सहयोग हुने उनको भनाइ रहेको थियो ।

शुक्रबार नेपाल नेत्र ज्योती संघ र हिमालय अस्पतालले आयोजना गरेको स्वागत कार्यक्रममा पुगेका राजदुत पुरीले नेपाल भारत मैत्री सम्बन्धले नेपाल र भारत बिच एक आपसमा सहयोगहरु जारी रहेको वेलामा हिमालय अस्पतालले नेपालको विभिन्न भागमा पु¥याएको सेवा सुविधाबाट आफु निकै खुसी रहेको र आगामी दिनमा आंखाको उपचारमा आवश्यक पर्ने श्रोत साधन जुटाउन आफुले पहलकदमी गर्ने वताए ।

अस्पतालले ५ वर्ष सम्म आंखाको ज्योति गुमाएको मान्छेलाई उपचारको माध्यामबाट पुन आंखा देख्न सक्ने बनाउने कामले आफु निकै प्रभावित भएको वताउदै पुरीले आगामी दिनहरुमा यसरीनै सेवा गर्न तर्फ कार्यक्रममा उपस्थित अस्पतालका डाक्टर तथा कर्मचारीहरुलाई आग्रह गरे । त्यसैगरी आंखा अस्पतालको विरामी उपचार शुल्क अन्यन्तै सर्वसुलभ भएको र यसलाई बढाएर बढाएको रकम अनुसारको उपचार सुविधा उपलब्ध गराउन समेत अस्पताल प्रशासनलाई आग्रह गरे ।

स्वागत कार्यक्रममा पुगेका राजदुत पुरीले आंखा अस्पतालको अवलोकन समेत गरेका थिए । सो अवसरमा राजदुत पुरीलाई नेपाल नेत्रज्योती संघ कास्कीको अध्यक्ष डाक्टर दिल बहादुर क्षेत्री , हिमालय आखा अस्पताल घारीपाटन पोखराको प्रमुख डाक्टर इन्द्रमान महर्जन र शैलेस मिश्रले हिमालय आखा अस्पताल र नेत्रज्योती संघले हाल सम्म गरेका क्रियाकलापहरुको वारेमा जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...