पाँच थान हातहतियार सहित कास्कीमा ४ जना पक्राउ

पोखरा, २१ फागुन /पाँच थान हातहतियार सहित कास्कीमा ४ जना पक्राउ परेका छन् । रुपा गाउँपालिका–७ तालवेशी तथा सौर्यवासका विभिन्न ठाउँमा अवैद्य रुपमा हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचनका आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले दुई थान १२ बोर राईफल र तीन थान भरुवा बन्दुक बरामद गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका ७ घर भई हाल पोखरा महानरपालिका ३० शिशुवा बस्ने वर्ष ५५ को नारायण बहादुर गुरुङ, रुपा गाउँपालिका ७ तालबेशि बस्ने वर्ष ४८ को डिल बहादुर गुरुङ, रुपा गाउँपालिका ७ तिलखोरिया बस्ने वर्ष ४५ को सुरेश गुरुङ र वर्ष ५४ को मन बहादुर थापा मगर रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सबै जनालाई कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...