मन्त्रीको टाउको दुखाई भए पछि, हर्पन खोला किनारको बस्ती संरक्षण गर्न डेढ करोड बजेट

धन बस्नेत
पोखरा/हर्पन खोलाले फेवातालको सतह घटाएको छ । गत वर्ष बस्ती नै उजाड बनाउने गरी बाढी आयो । नपत्याउने खोलाले बगाँउछ भन्ने झै हर्पन खोला उर्लिदाँ चापाकोट र भदौरे तामागीबासीका केहीलाई घरबार विहीन बनायो ।

मन्त्रीको टाउको दुखाई भए पछि, हर्पन खोला किनारको बस्ती संरक्षण गर्न डेढ करोड बजेट
मन्त्रीको टाउको दुखाई भए पछि, हर्पन खोला किनारको बस्ती संरक्षण गर्न डेढ करोड बजेट

बस्ती संरक्षण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले यो वर्ष एक करोड ६० लाख रुपियाँ बजेटमा काम थाल्दै छ । उक्त बजेट हर्पनखोलासँगै अन्य खोला नियन्त्रणको लागि खर्च गरिने छ । ‘आर्थिक वर्ष सकिन केवल दुई महिना मात्रै बाँकी छ । यो वर्ष बस्ती संरक्षणको लागि मात्रै काम गर्ने छौं’ जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय कास्कीका प्रमुख श्रीराम जोशीले भने—‘हर्पन खोलामा यो वर्ष ३० लाख रुपैयाँ बराबरको काम गर्ने गरिने छ ।’ उनका अनुसार हर्पन खोलासँगै खहरे खोला, हाँडी खोला, अँधेरी खोला, ठाडे खोलाको कटान रोक्नुपर्ने खाँचो छ ।

कटान रोक्दै बस्ती संरक्षणको लागि दुई करोड बजेट माग गरिएपछि एक करोड ६० लाख निकासा भएको उनले बताए । विजयपुर खोला र दोविल्ला क्षेत्रमा पनि खोलाले कटान गरेको छ । ‘हर्पन खोलाको लागि दीर्घकालिन योजना नै बनाएर काम गर्नुपर्ने आवश्यक छ’ कार्यालय प्रमुख जोशीले भने—‘दीर्घकालिन योजना अनुसार फेवाताल संरक्षण गर्न बगाएर ल्याउने सिल्ड रोक्नुपर्ने खाँचो छ ।’ कार्यालय प्रमुख जोशीका अनुसार दोविल्लाको बस्ती संरक्षण गर्न ३० लाख, विजयपुरको लागि १० लाख रुपैयाँ खर्च गरिने छ ।

कास्कीको भदौरे तामागी देखि शुरु हुन्छ हर्पन खोला । वर्षायाममा आउने बाढीले फेवातालको सतहलाई वर्षेनी घटाउँदै लगेको छ । माटो थिग्रिने क्रम बढ्दै गएकोले तालको सतह पुरिदै गएको छ । वर्षेनी पुरिदैं गएपछि अस्तित्व नै संकटमा पर्दै गएपछि ताल संरक्षणको लागि पनि ‘सिल्ड’ रोक्नुपर्ने देखिएको छ ।

सिचाई मन्त्री उमेश यादवले हर्पन खोला नियन्त्रणको लागि सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे । ‘हर्पन खोलाको विषयमा टेलिफोनमा मेरो कान खाएको छ । यो वर्ष केही बजेट निकासा भएको छ । आगामी वर्षको लागि उपयुक्त बजेट उपलब्ध गराउने प्रतिबद्धता गर्दछु ।’ मन्त्री यादवले नेपाल पत्रकार महासंघ कास्कीद्वारा आयोजित सम्मान समारोहमा बोल्दै भने । उनले हर्पन खोलाको समस्याका बारेमा धेरै ठाउँबाट फोनआएर आफ्नो टाउको दुखाइ भएको बताए ।

कमेन्टहरु
Loading...