हल्नचोक–पामे–घाँटीछिना सडक कालोपत्रे गर्न थप बजेट, पामे सम्म कालोपत्रे हुने

पोखरा, १६ चैत /हल्नचोक–पामे – ठुलाखेत –घाँटीछिना सडकमा थप बजेट आउने भएको छ ।

हल्नचोक–पामे – ठुलाखेत –घाँटीछिना सडक कालोपत्रे गर्न ६ करोड र घाँटीछिना देखी भञ्याङ सम्म सडक स्तरोन्नत्ति गर्न ४ करोड गरी १० करोड बजेट थप भएको पोखरा महानगरपालिकाका मयेर मानबहादुर जिसीका स्वकीय सचिब लक्ष्मण तिमिल्सिनाले बताए ।

अर्थमन्त्रालयले पोखरा महानगरपालिकालाई समपुरक बजेट अन्तरगत त्यो बजेट आएको बताए । उनले हल्नचोक–पामे –ठुलाखेत –घाँटीछिना सडक खण्डलाई आएको बजेट यथावत रहेको बताए । उनले थप बजेटबाट पामे बजार सम्म सडक कालोपत्रे हुने उनले बताए ।

हल्नचोक–पामे – ठुलाखेत –घाँटीछिना सडक खण्डलाई प्रदेश सरकार मातहको ‘पूर्वाधार विकास कार्यालय’ र ‘वल्र्ड बैंक’बाट बाटोको स्तरोन्नत्तिका लागि २ करोड बढि बराबरको बजेट निकासा भएको छ । आयोजना सुरु गर्नका लागि लगतकट्टा र सेन्टरपोइन्ट जाँच्ने काम भइ सकेको सडक निर्माण समितिका अध्यक्ष लेखनाथ पराजुलीले बताए ।

साबिकको जिल्ला विकास समितिको सिफारिसमा ४ वर्षअघि ‘वल्र्ड बैंक’सँग सम्झौता भएको तर पछि सिमसार क्षेत्रमा पर्यो भनेर वल्र्ड बैंकले सडक निर्माण गर्न अस्विकार गरेको उनले सुनाए । ‘०७१ माघमा सम्झौता गर्यौ, ०७१ मै नेपाल सरकारले तालमाथिको क्षेत्रलाई सिमसार क्षेत्र घोषण गर्यो,’ उनले भने, ‘त्यसपछि सिमसार क्षेत्र माथि बाटो बनाउँन वल्र्ड बैंकले अस्विकार गर्यो ।’

बाटोको कालोपत्रे गर्न प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयबाट १ करोड ३ लाख र सडक स्तरोन्नत्तिका लागि वल्र्ड बैंकबाट १ करोड ३० लाख रुपैयाको बजेट निकासा भएको छ ।

 

पामे, ठुलाखेत, घाँटीछिना मोटरबाटो निमार्ण गर्न डिपिआर तयार

पामे, ठुलाखेत, घाँटीछिना मोटरबाटो निमार्ण गर्न डिपिआर तयार

 

कमेन्टहरु
Loading...