उद्दारमा गएका पाइलट गएको पाइलटले भने –टुक्राटुक्रा भएर जलेको देखेँ

काठमाडौं, १५ फागुन /बुधबार दुर्घटनामा परेको एअर डाइनास्टीको हेलिकोप्टरको सानो भाग बाहेक सम्पूर्ण जलेर नष्ट भएको छ । दुर्घटनामा मृत्यु भएकाहरूको शव पनि आधाआधा जलेको देखेको उद्दारका लागि घटनास्थल गएका सिम्रिक हेलिकोप्टरका पाइलट विवेक खड्काले बताए ।

दुर्घटनामा परेको हेलिकोप्टरको सानो भाग बाहेक सबै जलेको देखेको उनले बताए । ’धुवाँ देखेँ। हुभर गरेर हेर्दा सानो भागबाहेक सबै जलेको देखियो’, खड्काले भने, ’शवहरू पनि आधा आधा जलेको देखिन्थ्यो ।’

उनका अनुसार पाथिभरामा हावा निकै चर्को थियो भने बादल पनि निकै बाक्लो लागेको थियो । पाइलट खड्काका अनुसार दुर्घटनास्थल हेर्दा हेलिकोप्टर घुम्नेक्रममा दुर्घटनामा परेको हुन सक्ने बताए ।

अन्नपुर्णपोष्ट डट कमबाट

कमेन्टहरु
Loading...