पोखरामा पनि गुठी विधेकको विरोध

पोखरा, २ असार /सरकारले ल्याएको गुठी विधेक सम्बन्धी पोखरामा पनि विरोध गरेका छन् । विभिन्न संस्था र जातीहरुले गुठी विधेकको विरोध गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ग्यापन पत्र पठाएका छन् ।

पोखराको चिप्लेढुँगाबाट शुरु भएको विरोध जुलुस न्युरोड, सभागृह, सृर्जनचोक, रत्नचोक हुदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढालाई विश्व शंकर पालिखेले ज्ञापन पत्र बुझाए । सरकारले गुठीसम्बन्धी बिधेयक ल्याएपछि देशका विभिन्न ठाउँमा बिरोध र सर्मथनमा कार्यक्रमहरु हुदै आएका छन् ।

गुठी सम्बन्धी बिधेयक ल्याएर सरकारले परम्परागत संस्कृतिलाई मेटाउने काम भइरहेको भन्दै प्रर्दशनकारीहरुले गुठी विधेयक खारेज गर्न माग गरेका छन् ।

कमेन्टहरु
Loading...