पोखरामा नौ लाख घुस रकम सहित सडक डिभिजनका प्रमुख पक्राउ

पोखरा, २३ साउन / सडक डिभिजनल कार्यालय पोखराका प्रमुख नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टिमले बिहीबार साँझ साढे ७ बजे इन्जिनियर हरि पोखरेललाई पक्राउ गरेको हो ।

सडक डिभिजन कार्यालय पोखरा अन्तर्गतको सडक निर्माणको काम मिलाइदिने भनी घुस लिने सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र घुस दिने ठेकेदार ऋषि गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले घुस रकम नौ लाख सहित नियन्त्रणमा लिएको हो ।

अख्तियारले घुसको प्रवन्ध सेटिङ मिलाउने सडक डिभिजनकै इन्जिनियर पवित्रमणी आचार्यलाई समेत नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार सांझ आर्चायको निवासबाट ९ लाख सहित पक्राउ गरिएको हो ।

सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी जिएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले बिहीबार साँझ डिइ पाख्रेलको निवासमा पुगी घुस रकम नौलाख दिएर त्यहाँबाट फरार भएको प्रहरीले जानकारी दिएको छ ।

घुस रकम दिइ भागेका ठेकेदार गौतमलाई प्रहरीले उनकै निर्माण कम्पनी पोखरा ५ मालेपाटनबाट नियन्त्रणमा लिइ अहिले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा ल्याई अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । दुईवटा झोलामा एक हजारको ४ लाख र ५ सयको ५ लाख गरि ९ लाख रुपैया रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...