गप्तेश्वर महादेव गुफामा सन्ध्याकालिन माँहा आरती

पोखरा, २४ बैशाख/धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको छोरेपाटनमा रहेको गप्तेश्वर महादेव गुफामा आज देखी सन्ध्याकालीन आरती सुरु भएको छ ।

पोखरा महानगरपालीका वडा न १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले सन्ध्याकालीन आरतीको सुभारम्भ गर्नु भएको हो । गुप्तेश्वर गुफा व्यवस्थापन समितिको संयोजनमा गुफा परिषरमा सुरु आरतीमा तीन जना पुरोहितहरुले भजनको धुन सँगै आरती गर्ने बताइएको छ ।

सुन्दरताको आनन्द लिन पोखरा आएका विदेशी र स्वदेशी पर्यटकहरुले आरती सगँ आनन्द सगँ भक्ती भावमा डुबेर केहि समय बसाइ बढाउन भन्ने उद्यश्यले आरती सुरु गरिएको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितीका अध्यक्ष विस्णु पौडेलले जानकारी दिनु भयो ।

उहाँले शुभकार्य, जन्मोत्सव, शुभसाइतका साथै दिर्घायु र सुस्वास्थ्को कामनाका साथै धार्मीक पर्यटकलाइ बढाउने मुख्य उद्येश्यले आरतीको सुरुवात गरिएको पौडेलले बताउनु भयो । प्रत्येक हप्ताको सोमबार आरती गरीने र आरतीका लागि मासीक २० हजार रुपैया खर्च हुने पुजा व्यवस्थापन समितीका संयोजक सिता बरालले जानकारी दिनु भयो ।

पोखरामा विन्ध्यवासीनि, र तालवाराहीमा समेत यस अघि नै सन्धाकालीन आरतीको सुरुवात भइसकेको छ ।

#तालबाराही मन्दिर किनारामा आरती

तालबाराही मन्दिर किनारामा आरती

Posted by Ganthan.com on Wednesday, November 14, 2018

कमेन्टहरु
Loading...