पोखरामा हजुरआमाको घाटी रेटेर हत्या गर्ने नाती पक्राउ

पोखरा १६ चैत्र /कास्कीको कास्कीकोटमा नातीले हजुरआमाको घाटी रेटेर हत्या गरेका छन् । कास्कीकोट ९ स्थित बासकोटमा ७९ वर्षिय कली कार्कीको नाती २१ वर्षिय मिन वहादुर कार्कीले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

मिन वहादुरले मंगलवार विहान करिब ११ बजे घरमा कोहि नभएको अवस्थामा वारीमा लगेर तरकारी काट्ने चक्कुले हजुरआमाको घाटी रेटेका थिए । नातीले घाटी रेटेपछि हजुरआमाको तत्काल ज्यान गएको थियो । घर भन्दा झण्डै २० मिटर पर लगेर उनले एक्कासी घाटी रेटेका थिए ।

हजुरवुवा घरमा नभएको अवस्थामा मिन वहादुरले हजुरआमाको हत्या गरेका हुन् । घटनालगतै भागेका उनलाई स्थानियवासीको सहयोगमा वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । घटनावारे अनुसन्धान भैरहेको प्रहरी निरिक्षक विरेन्द्र गोदारले जानकारी दिए ।

कमेन्टहरु
Loading...