गोरखामा माओवादी उम्मेद्वारबाट पेस्तोल बरामद

पोखरा, २१ कात्तिक/गोरखामा माओवादी उम्मेद्वार सुशीला शिंखडा चढेको मोटरसाइकलबाट मंगलबार प्रहरीले पेस्तोल बरामद गरेको छ।

भिमसेन गाउँपालिका ३ धावाचोकबाट सदरमुकाम गोरखा आउने क्रममा उनी चढेको बा ७३ प ३३८६ नम्बरको मोटरसाइकल चेक गर्दा चालकको झोलाबाट पेस्तोल बरामद भएको प्रदेश नम्बर ४ प्रहरी कार्यालय पोखराका प्रहरी निरिक्षक बसन्त बहादुर कुबँरले जानकारी दिए ।

चालक गुणप्रसाद खनाल झोला र मोटरसाइकल छाडेर फरार भएका छन् । नाइन एमएमको अटो पेस्तोल र त्यसमा लाग्ने ३ वटा गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ । पेस्तोलमा पीएके लेखिएको छ। शिंखडा प्रतिनिधि सभातर्फकी समानुपातिक उम्मेद्वार हुन् ।

अनुसन्धानका क्रममा प्रहरीले माओवादी नेतृ शिंखडासँग सोधपुछ गरेर छाडेको छ। प्रहरीसँग नेतृ शिंखडाले आफूले मोटरसाइकल चालक नचिन्ने र लिफ्ट मागेर आएको बताएकी छिन् ।

प्रहरीले भने पेस्तोल उनकै भएको आशंकामा छानबिन अघि बढाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको बताएको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...