पुर्व फुटबल खेलाडी, तथा एचआइभी एड्स संक्रमित गोपाल श्रेष्ठ फेरी सगरमाथा आरोहणको तयारीमा

पोखरा, २४ जेठ/आजभन्दा ११ वर्षअघि म एचआइभी एड्स सँक्रमित हुँ’ भनेर सार्वजनिक हुँदा गोपाल श्रेष्ठले सगरमाथा आरोहण गर्ने संकल्प गरेका थिए । उनको अहिले उमेर ५१ कटेको छ भने एचआईभी सँक्रमित भएरै बाँचेको २० वर्ष पुग्यो । उमेर घर्किदै जाँदा पनि उनमा उत्साह मरेको छैन । अघिल्लो वर्ष सगरमाथाको आधार शिविरमा हुदा भूकम्प आए पछि ज्यान जोगाएर पोखरा फर्केका थिए ।

गोपाल श्रेष्ठ पुन सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । सगरमाथा आरोहणजस्तो साहसिक कदम उठाएका उनी भन्छन् आर्थिक सहयोग जुटाएर सगरमाथा चढ्ने संकल्प पूरा गर्छु ।’ एचआइभी र लागुऔषधिबिरुद्ध सचेतनाका लागि ११ वर्षदेखि लागिपरेका उनै गोपाल श्रेष्ठ चिरपरिचित नाम हो ।

उनी अहिले आरोहणका लागि लाग्ने करिब १३ लाख रुपैया संकलनका लागि अभियानमा जुटेका छन् । पोखरामा सोमबार पत्रकारसामु उनले आगामी सन् २०१७ को मार्च–अप्रिलमा सगरमाथा आरोहण गर्ने बताए । आफ्नो यस अभियानले एचआइभी सँक्रमितहरुको मनोबल उचो राख्न मद्धत मिल्ने उनको विश्वास छ । यदि उनको सफल आरोहण भए विश्वमै पहिलोपटक एचआइभी एड्स सँक्रमित भएको डिस्क्लोज आरोही सर्वोच्च शिखरमा पाइला टेकेको रेकर्डसमेत कायम हुनेछ ।

गोपाल श्रेष्ठ
गोपाल श्रेष्ठ

उनले अघिल्लो वर्ष करिब ३० लाख रुपैया संकलन भएको र त्यस मध्ये २ लाख बचत रहेको बताए । उनले सगरमाथा आरोहण गर्नु पहिले ६ हजार भन्दा माथिको मिरा हिमालको आरोहण र तालिम गर्ने बताए । सन् १९६४ मा पोखरामा जन्मिएका श्रेष्ठ किशोर उमेरमा लागु औषधमा फँस्नेक्रममा सुइँ साटासाट गर्दा ३० वर्षको उमेरमा एचआइभी एड्स सँक्रमित हुन पुगेका थिए । आफू सँक्रमित भए पनि उनी कहिल्यै हतोत्साही भएनन् । बरु आफूजस्तै रोगीहरुको आत्मविश्वास बढाउने र एचआइभी एड्स र लागुपदार्थ प्रयोगबिरुद्धमा विभिन्न अभियान चलाए । श्रेष्ठको अर्को परिचय हो, पूर्वफुटबल खेलाडी ।

चालीसको दशकतिर ए डिभिजन क्लबमा रही फुटबल खेलका उनले फ्रेण्ड्स क्लबलाई बी डिभिजन हुँदै ए डिभिजनमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सामाजिक काम भनेपछि हुरुक्कै हुने उनले तत्कालीन सिंहनाथ गणबाट फुटबल खेलेका थिए । सुरुवाती दिनमा वैदेशिक रोजगारका लागि साउदी अरेविया गएका उनी हङकङ, ताइवान, सिंगापुर, जापान, इटालीलगायतका देशको भ्रमण पनि गरिसकेका छन् ।

कमेन्टहरु
Loading...