सुन आपूर्ति बढाउन माग गर्दै पोखराका सुनपसल बन्द

पोखरा, १० भदौ/चाडँबाड नजिकिदै छ । चाडँबाड नयाँ गहनाको माग बढि हुन्छ । व्यवसायीले माग अनुसारको

सुन नपाए पछि पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आइतबार र सोमबार सुन पसल बन्द

गरेर आन्दोलनमा उत्रिएका हुन् ।

माग अनुसारको सुनको आपूर्ति नभए पछि पसल नै बन्द गरेर आन्दोलनमा उत्रिनु परेको कास्की जिल्ला

सुनचाँदी व्यवसायी संघका अध्यक्ष भविन्द्र विश्वकर्मा बताए । दैनिक २० किलो सुन आउँछ । जसमध्ये

पोखरामा भने हप्तामा एक पटक मात्रै ३ किलो आउँछ । आएको तीन किलो सुन झण्डै साढे तीन सय

व्यवसायीलाई बाँड्नुपर्छ । यसले गर्दा आपूर्ति निकै कम हुने उनको भनाई थियो । पोखरामा आएको सुन

विभिन्न जिल्लामा समेत जाने गरेको उनले बताए ।

नेपाल राष्ट्रबैंक मार्फत सुन खरीद गर्नुपर्ने प्रावधान छ । सिजनको समयमा पोखरामा दैनिक ५ किलो सुन

आवश्यक पर्ने व्यवसायी बताउँछन् । २० किलोमध्ये ६० प्रतिशत काठमाडौं, भक्तपुर र ललितपुरको लागि कोटा

हुने विश्वकर्माले बताए ।

वैदेशिक रोजगारमा गएकाले थोरै मात्रामा सुन ल्याउँथे । त्यसले पनि बजारको मागलाई केही हलुका बनाउथ्यो ।

तर अहिले भन्सार लिने र झन्झटिलो प्रक्रियाले सुन ल्याउन छाडेका छन् । विदेशबाट आउनेले ५० देखि १००

ग्रामसम्म ल्याउँथे । अहिले भन्सार ७ हजार २ सय रुपैयाँ लिन्छन् । भन्सार मात्रै लिने भन्दा पनि प्रक्रियागत

झन्झटिलो भएका कारण ल्याउन छाडेका छन् ।

कमेन्टहरु
Loading...