प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट लाखौलाई नेपालमै रोजगारी– मन्त्री विष्ट

पोखरा, २८ पुस /श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले केही दिनमा प्रधानमन्त्री स्वरोजगारी कार्यक्रम अन्तरगत लाखौलाई रोजगारी दिने बताएका छन् ।

प्रेस संगठन नेपाल कास्कीले पोखरामा शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले रोजगारीका लागि काम र जनशक्तिलाई जोड्ने गरी सरकारले प्रणालीको विकास गर्न लागेको बताए । मन्त्री विष्टले केही लाख युवाहरुले छिटै रोजगार पाउने दावी गरे ।

मन्त्री विष्टले युवा जनशक्ति वैदेशिक रोजगारमा पलायन हुने अवस्था निरुत्साहित गर्ने गरि रोजगार सृजनका काममा लागेको बताए । उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट रोजगार सृजनाका लागि सरकार ७ सय ५३ वटै स्थानीय तहमा रोजगार केन्द्र स्थापना गरी रोजगार र बेरोजगारको तथ्याङक निकाल्न लागेको बताए ।

उनले देशलाई छिटै खाद्ययनमा आत्मनिरभर हुने गरी कृषि क्षेत्रमा रोजगार दिन लागेको बताए । उनले अबको ५ वर्षभित्रै वैदेशिक रोजगारमा जाने बाध्यकारी अवस्था अन्त्य गर्ने पनि सुनाए । शिक्षा, सीप, दक्षता अभावमा नेपाली युवा जनशक्ति कठिन र जोखिमयुक्त अवस्थामा रोजगारीमा जान बाध्य भएको उनको भनाई थियो । उनले श्रम गर्ने ब्यक्तीहरु अपमान बन्ने श्रम नगर्ने ब्यक्तीहरु राता रात धनी बन्ने प्रबृतीलाई परिर्वतन गर्दै कामको सम्मान हुने वातावरण ल्याउन बताए ।

कमेन्टहरु
Loading...