कास्कीमा तेस्रो घाचोक माछापुच्छे महोत्सव शुरु

पोखरा, १६ बैशाख/परिवर्तनका लागि युवा सञ्जाल(युनेक)नेपालको आयोजनामा आईतबारदेखि कास्कीको माछापुच्छ«े गाउँपालिकामा तेस्रो घाचोक माछापुच्छ«े महोत्सव शुरु भएको छ । तेस्रो सस्करणको महोत्सव स्थानीय मेघराज आधारभूत विद्यालयको प्रांगणमा सञ्चालन गरिएको छ । नेपाली काँग्रेसका बरिष्ठ नेता अर्जुननरसिंह केसीले महोत्सवको उदघाटन गरे ।

महोत्सवले विद्यालयमा खेलकुद एकेडेमी निर्माण गर्ने उद्देश्यसहित आयोजित महोत्सवले विद्यालयमा सूचना केन्द्र र पुस्तकालय स्थापना गर्ने अभियानको रुपमा लिइएको छ । गाँउमा योजनाको रुपमा रहेको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण, हेल्थ सर्भिस सेन्टर लगायतका कामलाई पुरा गर्ने लक्ष्य समेत राखिएको छ ।

अर्को तिर कृषिजन्य उत्पादनको बजारीकरण गर्नुपर्ने ध्येय भने महोत्सवले लिएको छ । महोत्सव २१ गतेसम्म सञ्चालन हुने छ । महोत्सवस्थल माछापुच्छ«े गाउँपालिका टान मोडले ट्रेक अन्तर्गत पर्छ । पदयात्राको पहिलो प्रवेशद्वारको रुपमा रहेको माछापुच्छ«े विशेष गरी दुग्ध उत्पादनको लागि महत्वपूर्ण क्षेत्र हो । दुग्ध उत्पादनसँगै गाँउको घाचोक र लाहाचोकमा बदाम उत्पादन हुने एकमात्र क्षेत्र पनि हो ।

क्यानोनिङ्ग, पदायात्रा मार्ग, जडिबुटि, विभिन्न बनस्पतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित तेस्रो सस्करणको महोत्सव आयोजना गरिएको आयोजक परिवर्तनको लागि युवा सञ्जाल नेपालका महासचिव रशेम नेपालीले बताए ।

होमस्टे मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने विश्वास समेत लिईएको छ । महोत्सवस्थलमा केवल १५ वटा मात्रै स्टल राखिएको छ । ती स्टलमा कृषिजन्य उत्पादन र हस्तकलाका सामाग्रीहरु प्रदर्शनमा राखिएको छ । स्टल सर्वसाधारण किसानलाई निशुल्क उपलब्ध गराईएको आयोजकले जनाएका छन् ।

आन्तरिक तथा बाह्य प्रवद्र्धनमा सघाउ पुग्ने र गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास आयोजक परिर्वतनका लागि युवा सञ्जाल(युनेक) नेपालको छ । गाउँको उत्तरमा मुस्कुराई रहेको माछापुच्छ्रे हिमालको दृश्यावलोकन, समथर जमिन, नदीनाला, होमस्टे, मठमन्दिर, जटायु रेष्टुरेन्ट, प्याराग्लाइडिङ , क्यानोनिङ तथा सेतीमा जलयात्राका लागि घाचोक परिचित छ ।

गाउँमा रहेका प्राकृतिक, पुरातात्विक, साँस्कृतिक, पर्यटकीय सम्पदा तथा सम्भावनाहरुको प्रचारप्रसार, संरक्षण तथा प्रवद्र्धन गरी स्थानीयस्तरमा उत्पादित कृषि सामग्रीहरुको बजारीकरणमा महोत्सवले सघाउ पुग्ने आयोजक संस्थाका अध्यक्ष मौसम कार्कीले बताए ।

माछापुच्छ«को घाचोक खासगरी बदाम तथा दूध उत्पादनको लागि जिल्लामा प्रख्यात रहेको छ । सांगितीक कार्यक्रम, बाल उद्यान, योग प्रतियोगितालाई समेत महोत्सवमा समावेश गरिएको उनको भनाई थियो । सोही अवसरमा युनेक नेपाल २०७४ र २०७५ समेत प्रदान गरिने छ । ग्रामीण सडक भएपनि यातायातको पहुँच भने सहज छ ।

महोत्सवको आकर्षणको रुपमा डान्सिङ आईडलको दोस्रो संस्करण रहेको छ । जसको विजेताले नगद रु. ५० हजार तथा उपविजेताले रु. ३० हजार पुरस्कार प्राप्त गर्ने महोत्सव संयोजक टेकनशोभा गुरुङले बताईन् । त्यसैगरी अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको बिजेताले ट्रफी सहित नगद रु. ७५ हजार, द्धितीय पुरस्कार रु. ५० हजार तथा तृतीय पुरस्कार रु. २५ हजार रहेको छ । विजेता तथा उपविजेतासहित भलिबल प्रतियोगितामा बेष्ट प्लेयर, सेटर, डिफेण्डर, ब्लकर, सर्भर, स्पाकईर ,टिम प्रशिक्षक र अनुशासित टोलीलाई समेत पुरस्कृत गरिने छ ।

कमेन्टहरु
Loading...