प्रदेश प्रमुख नियुक्तीः सोमनाथ अधिकारी प्रदेश १ मा गण्डकीमा अमिक शेरचन

पोखरा, १८ कात्तिक / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सात प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

सोमनाथ अधिकारी प्यासी, अमिक शेरचन, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको महासचिव विष्णु पौडेलले बताए ।

चितवनका शेरचन पूर्वउपप्रधानमन्त्री समेत हुन् । एक समय जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका शेरचन माओवादी हुँदै अहिले नेकपामा सक्रिय थिए । कास्कीका अधिकारी पूर्वसभासद हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारको दाबेदार थिए । बाँकेका तिलक परिवार पूर्वसभासद हुन् । प्रदेश प्रमुखमा सिफारिस भएका सिराहाका यादव नेकपाका केन्द्रीय सदस्य समेत हुन् ।

यस्तै बैतडीका कलौनी ०४८ मा शेरबहादुर देउवासँग चुनाव लडेका थिए । एमाले फुटेर माले बन्दा त्यता गएका उनी पछिल्लो समय तत्कालीन एमालेमा सक्रिय थिए । प्रसाई मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार थिए । यस्तै चितवनकी त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् ।

मन्त्रीपरिषद्को सिफारिसबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरे पछि नेकपाले सिफारी गरेको थियो । कास्कीका सोमनाथ अधिकारी प्यासी लामो समयदेखि एमालेको राजनीति गरेका उनी गएको चुनावमा समानुपातिक उम्मेदवारको सूचीमा थिए । सांसद नबनेपछि कास्की २ को उपनिर्वाचनमा पनि उनको नाम केन्द्र्रमा सिफारिस गरिएको छ ।

कमेन्टहरु
Loading...