गण्डकी प्रदेशको हिउँदे अधिवेशन पुष २३ देखि

पोखरा, १० पुष/गण्डकी प्रदेशको हिउँदे अधिबेशन पुस २३ गते देखी शुरु हुने भएको छ । बर्षे अधिवेशन सकिएको साढे ३ महिनापछि सरकारले हिउँदे अधिवेशनको मिति तय गरेको हो । पुष ७ गते बसेको मन्त्रीपरिषद् बैठकले पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख सँग आग्रह गरेको छ ।

पुस २३ गते दिउँसो १ बजे अधिवेशनका लागि आग्रह गरिएको सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए । गत असोज ८ गते वर्षे अधिवेशन सकिएको थियो । हिउँदे अधिवेशनको लागि सरकारले ८ वटा विधेयक तयार पारेको छ । त्यसै गरि १४ वटा विधेयक बनाउन मन्त्रिपरिषदले सहमतिदिएको छ ।

संसदमा अघिल्लो वर्षे अधिवेशन कै तीन वटा विधेयकहरु पनि पेन्डिङ छन् । पहिलो र दोश्रो अधिवेशनबाट प्रदेशका १९ वटा कानून निर्माण भएका छन् । यसअघिको वर्षे अधिवेशन जेठ १६ देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

गण्डकी प्रदेशसभामा सत्तापक्षीय दल नेकपाका ३९ (साविकको एमालेका २७ र माओवादी केन्द्रका १२) सहित प्रतिपक्षीदल नेपाली कांग्रेसका १५, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी नेपालका २÷२ जना सांसद छन् । जनमोर्चाका एक जना प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको अघिल्लो साता निधन भएको छ भने स्वतन्त्र सांसद दीपकमनाङेले (राजीव गुरुङ) अहिले सम्म शपथ लिएका छैनन् ।

कमेन्टहरु
Loading...