गण्डकी प्रदेशले जेठ २४ गते नीति तथा कार्यक्रम ल्याउने

पोखरा, २२ जेठ /गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने भएको छ । बुधबारलाई ल्याउन तयारी गरे पनि सार्वजनिक बिदाका कारण शुक्रबारका लागि सरेको हो ।

गण्डकी प्रदेशको मन्त्रिपरिषदको बुधबारको बैठकले २२ गतेलाई निर्धारित कार्यक्रम २४ गतेलाई सार्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए ।

बुधबारलाई नेपाल सरकारले इद पर्वको अवसरमा सार्वजनिक विदा घोषणा गरेको थियो ।
प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख बाबुराम कुँवरलाई बुझाइसकेको छ । शुक्रबार कुँवरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

कमेन्टहरु
Loading...