गण्डकी प्रदेशमा छुटाछुट्टै घटना तीन जनाको मृत्यु

पोखरा, १ फागुन /गण्डकी प्रदेशमा भएका छुटाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ । स्याङ्जामा दुई र नवलपरासीमा एक गरि तीन जनाको मृत्यु भएको हो । स्याङ्जामा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

गल्याङ नगरपालिका ११ धरादीखोला स्थित सिद्वार्थ राजमार्गबाट लु ३ त ६७१२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो । ट्याक्टर चालकको निधन भएको प्रहरुीले जानकारी दिएको चालकको नाम थर, ठेगना खुलेको छैन ।

त्यसै गरि नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका ६ नारायणी नदिको किनार एक सव फेला परेको छ । त्यसै गरि स्याङजाको फेदिखोला गाउँपालिका २ स्थानचौर बस्ने ३९ बर्षिय दिपक शर्मा मृत अवस्थामा फेला परेका छन् ।

घर नजिकै रहेको महेन्द्र जनसहयोग आधारभुत विद्यालयको प्राङगढमा मृत अवस्थामा भेटिएको प्रदेश ४ प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...