मन्त्रिपरिषद्बारा निणर्य नहुदाँ गण्डकी प्रदेशले दिएको विदामा किचलो

पोखरा, १५ पुष /ल्योसारको अवसरमा गण्डकी प्रदेश सरकारले विदा दिएपनि गण्डकी प्रदेशका केही कार्यालयहरु खुल्ने भएका छन् । संघीय सरकार मातहका कार्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, निर्वाचन, कारागार, नेपाल राष्ट्र बैंक, निजी तथा सरकारी बैंक तथा वित्तीय संस्थाहरु लगाएतका खुल्ला रहने भएका हुन् ।

संघीय सरकार अन्तरगतका सबै कार्यालयहरु सञ्चालनमा आउने कास्की प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढाले जानकारी दिए । ‘संघीय सरकार अन्तरगतका कार्यालयमा विदा हुन नेपाल सरकारले विदा दिनुपर्दछ’, उनले भने ‘नेपाल सरकारले विदा घोषणा गरेको छैन ।’

केही दिन पहिले बसेको अन्तरप्रदेश समन्वय परिषको बैठकले प्रदेश सरकारले गरेको विदाको निर्णय संघ मातहतका कार्यालयले पनि मान्नुपर्ने नियाणै गरेका थियो । तर त्यो निणर्य मन्त्रिपरिषदबाट पास नभएका कारण प्रदेश सरकारले दिएका विदामा संघीय सरकार अन्तरगतका कार्यालय सञ्चालनमा आए हुन् ।

गण्डकी प्रदेशमा जनैपुर्णिमा, तीज, ल्योसार लगाएतमा विदाको माग गरे पनि प्रदेश सरकारले दिएका थिएन । गण्डकी प्रदेशले दिएको यो पहिलो विदा हो । प्रदेशलाई १ वर्षमा बढीमा ६ दिन विदा घोषणा दिन सक्ने संघीय कानुनमा उल्लेख छ ।

कमेन्टहरु
Loading...