गण्डकी प्रदेशका मुख्यमन्त्री र चिनिया प्राध्यापकहरु बीच भेटबार्ता

पोखरा, ३१ असार /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले मंगलबार चिनिया प्रँध्यापकहरुको टोलीसंग भेटघाट गरेका छन् ।

हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभागका निर्देशक प्राध्यापक झाङ्ग सु विन र युनान विश्वविद्यालयका प्राध्यापक डा. युवान क्वान नेतृत्वको प्राध्यापकहरुको समुहले मुख्यमन्त्री गुरुङ्गसंग छलफल गरेका हुन ।

मुख्यमन्त्रीको कार्यलायमा भएको भेटघाट मुख्यमन्त्री गुरुङ्गले टोलीलाई गण्डकी प्रदेशको अवास्था र प्रदेशले लिएको कार्यदिशाको बारेमा जानकारी गराएका थिए । उनले मुस्ताङ्गको कोरला नाका सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउदै यसले दुवै देश लाभदायक हुने समेत बताएका थिए ।

मुख्यमन्त्री गुरुङ्गले पर्यटन र खेलकुदको क्षेत्रमा लागानी गरिदिन सो टोलीलाई आग्रह गरेका थिए । जवाफमा चिनिया टोलीले आफ्नो लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको तर त्यसका लागि अनकुलता आवश्यक रहेको बताएका थिए । गण्डकी प्रदेशमा अनुकुल वाताबरण बनाउन आफु तयार रहेको मुख्यमन्त्री गुरुङ्गलाई आश्वसन दिए ।

चिनिया टोलीले होङ्गसी सिमेन्टले भोगिरहेको समास्याको विषयमा समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो । मुख्यमन्त्री गुरुङ्गले यसबारे आफु अवगत रहेको र प्रदेश ५ संग अहिले समास्या सम्वन्धित रहेको जानकारी गराएका थिए । होङ्गसी सिमेण्टले अहिले प्रदेश ५ को पाल्पाबाट कच्चा पदार्थ ढुवानी गरिरहेको छ ।

कमेन्टहरु
Loading...