संसदमा सत्ता पक्ष विपक्षीको जुहारीः बजेट राम्रो र अपुरो

पोखरा, ४ असार /गण्डकी प्रदेश सरकारले असार १ गते ल्याएको बजेटका विषयमा संसदमा छलफलमा छ । सत्ता पक्षका सांसदले बजेटलाई राम्रो भनेका छन् भने बिपक्षले अधुरो र अपुरो बजेट भन्ने आरोप लगाउने गरेका छन् ।

गण्डकी प्रदेश सभाको मंगलबार र बुधबार भएको बजेट छलफलमा भाग लिदै सत्ता पक्षीय सांसदहरुले बजेट राम्रो भन्दै बजेटको बचाउ गरे भने बिपक्षीले बजेट अपूरो र अधुरो भन्दै आलोचना गरेका छन् ।

सत्ता पक्षीय सांसदहरुले बजेटले सबै पक्ष समेटेकाले समावेशी भएको र यो समृद्धीको आधार बन्ने बताएका छन् । तर बिपक्षी सांसदहरुले भने बजेट असमावेशी र अपूर्ण भएको टिप्पणी गरेका छन् । छलफलमा भाग लिदै नेकपाका सांसद राजीब पहारीले विकासको मेरुदण्ड पूर्वाधार केन्द्रीत गरेर बजेट ल्याएर सरकारको प्रशंसा गरे ।

छलफलमा भाग लिदै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले घाटा बजेट ल्याउनुको औचित्य नभएको बताउँदै घाटा बजेट पूर्ति हुनेमा आशंका व्यक्त गरे । उनले बजेट हेर्दा विकास गर्ने सोंच सरकारमा नदेखिएको बताए । उनले सरकारले कुनै पनि गौरबका योजनाहरु प्रस्तुत गर्न नसेको बताउदै उज्यालो प्रदेश बनाउने सपना मात्रै हुने होकि भन्दै प्रश्न गरे ?

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री किरण गुरुङले पुँजीगततर्फ ६२, चालुतर्फ ३८ प्रतिशत बजेट विनियोजन गरी सार्वजनिक गरेका हुन् ।

सांसदहरुलाई बजेट ३६ वटा निर्वाचन क्षेत्रलाई ७२ करोड रुपैयाँ बजेट विनियोजन सरकारले गरेको छ । सरकारले प्रदेशभित्र कम्तीमा १० हजार जनालाई रोजगारी सिर्जना हुने गरी सीपमूलक तालिम सञ्चालनका लागि १७ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्रीले ६ अर्ब रुपैयाँको घाटा बजेट प्रस्तुत गरेका थिए ।

९८ करोड प्रदेशमा आन्तरिक ऋणबाट र १ अर्ब नेपाल सरकारसँग ऋण लिई जुटाउने अर्थमन्त्रीको योजना छ ।  बजेटले भौतिक पूर्वाधारमा जोड दिएर सबैभन्दा धेरै बजेट यो शीर्षकमा छुट्याएको छ । ‘सडक र सडकपुल निर्माण गर्नका लागि ८ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेका छन् । २७२ वटा होमस्टेलाई पूर्वाधारका लागि भनेर यो वर्ष बजेट दिएको प्रदेश सरकारले फेरि होमस्टेका लागि २५ करोड रुपैयाँ छुट्याइएको छ ।

कमेन्टहरु
Loading...