गण्डकी प्रदेश सरकारले करिब ३२ अर्वको बजेट ल्याउने

पोखरा, १ असार /गण्डकी प्रदेश सरकार आर्थिक वर्ष २०७६ /७७ का लागि ३२ अर्बको बजेट ल्याउदै छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले करिब ३२ अर्वभन्दा ठूलो आकारको बजेट नआउने बताएका छन् । उनले ३२ देखि ३४ अर्व हाराहारीमै बजेट ल्याउने तयारी छ ।

गण्डकी प्रदेशलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत १२ अर्ब ४६ करोड ३० लाख रुपैयाँ परेको छ । यो रकम चालु वर्षको भन्दा ८१ करोड रुपैयाँ कम हो ।

मध्यमकालिन खर्च संरचनाले २१ अर्व १२ करोड रुपैयाँ नेपाल सरकारले अनुदान दिने अनुमान गरेको थियो । तर अनुमान भन्दा झण्डै १० अर्व कम अनुदान पाएको छ ।

यसलाई मुल्यांकन गर्दा चालू बर्षको भन्दा खासै बजेट बढ्ने देखिदैन । यद्यपी १० अर्व जति बढाएर नयाँ बजेट प्रस्तुत गर्न लागेको मन्त्रालय श्रोतले जनाएको छ ।

आगामी बर्ष १० अर्व ४७ करोड राजश्व संकलन गर्ने लक्ष्य छ भने डेढ अर्व बैदेशिक अनुदान लिने र १ अर्व हाराहारीमै आन्तरिक ऋण जुटाउने अनुमान छ ।

वित्तीय समानीकरणमा आउने यस वर्षका लागि ७ अर्ब ११ करोड रुपैयाँ छुट्याइएको छ भने सशर्त अनुदानमा ५ अर्ब ३५ करोड रुपैयाँ छुट्याएको छ ।

चालू बर्षमा २४ अर्व २ करोड रुपैयाँको बजेट बनाएर कार्यान्वयन थालेको सरकारले मुश्किलले ३० प्रतिशत हाराहारीमा खर्च गरेको छ । कर्मचारी अभाव र भौतिक संरचनाको कारण देखाउँदै सरकारले खर्च रकम कम भएको दावी गरेको छ ।

कमेन्टहरु
Loading...