बन्दका बेला गण्डकी प्रदेशका ७ ठाउँमा बम (कुन कुन ठाउँमा समेत)

पोखरा, ३० फागुन /नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले आव्हान गरेको बन्दका क्रममा पोखरामा दुई ठाउँमा सहित गण्डकी प्रदेशमा ७ ठाउँमा शंकास्पद बस्तु बम भेटिएको छ ।

पोखराको सभागृह चोक र पोखराको भण्डारढीकमा बम फेला परेको थियो । पोखराको सभागृह चोकको ट्रफिक बिटमा र भण्डारढीकाको रंगशाला नजिकै सकेट बम फेला परे पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारको छ ।

त्यसै गरि बागलुङ नगरपालिका २ शिवधारा टोल स्थित सडकको छेउमा लामो कर्कको रोल जस्तो देखिने बस्तुमा कालो टेपले बेरि दुई तीन वटा रेशमी तार बाहिर निकालेको सेतो कागजमा खतरा लेखिएको शंकास्पद बस्तु भेटिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि गोरखा नगरपालिका ६ भिआईपि टोलको चोकमा सडकको छेउमा कुक्कर बम फेला परेको छ । तार बाहिर निकालेको प्लाष्टिकले प्याक गरेको प्रेसर कुक्कर प्रहरी टोली र नेपाली सेनाको टोलीले प्रस कुक्कर बम डिस्पोज गरेको छ ।

त्यसै गरि स्याङजा फेदिखोला गाउँपालिका २ भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा रातो प्लास्टिक र रातो तारले बेरेको संकास्पद फेला पारेको छ । प्रहरी र नेपाली सेनाको टोलीले वस्तुरणगको डिब्बा भित्र गिट्टी मात्र रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि नवलपुरको बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिका ९ पूर्व पश्चिम राजमार्ग स्थित जयश्रीपुलमा बम जस्तो देखीने शंकास्पद बस्तु फेला परेको छ । प्रहरी टोली र नेपाली सेनाको टोलीेले अनुसन्धान गर्दा टिनको बट्टा भित्र माटो राखी बाहिरबाट प्लाष्टिकले ढाकेर त्यसको माथि बल्ब जडान गरिएको भेटिएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...