गण्डकी प्रदेश प्रमुखद्वारा गुप्तेश्वर महादेव गुफाको महाआरती

पोखरा, १३ साउन / गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेवको पुजा एवम् महाआरतिमा सहभागी भएका छन् ।

साउनको दोश्रो सोमबार उनले विहान गुफामा रहेको महादेवको मन्दिरमा विधि पूर्वक पूजा आजा गर्नुका साथै साँझमा भएको महाआरतिमा मुख्य कर्ताको रुपमा सहभागी भएका हुन् । सो अवसरमा मन्दिरका पुजारीद्धय तारानाथ आचार्य र गोकुल अधिकारीका साथै बटुकहरुले पुजा गराएका थिए ।

प्रदेश प्रमुखको स्वागतको लागि समितिका कार्यवाहक अध्यक्ष गोपाल वराल, उपाध्यक्ष इश्वरी प्रसाद लम्साल, सचिव हरि लम्साल, पुजा उपसमिति संयोजक सीता वराल लगाएतका व्यवस्थापन समितिका पदाधिकारीले फुलमाला लगाएर स्वागत गरेका थिए ।

गुफामा साउन महिनाको हरेक सोमबार दर्शनार्थीको भिड लाग्छ भने शिवरात्रीका बेला विशेष मेला लाग्ने प्रचारप्रसार समितिका कृष्ण रानाभाटले वताए । गुफाले हरेक सोमबार साँझ साँढे छ वजेबाट गर्दै आएको महाआरतिमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको र कर्ताहुन चाहनेहरु नामदर्ता गरी आरतिमा सरिक हुँदै आएका कार्यलय प्रमुख नारायण पौडेलले वताए ।

गुप्तेश्वर महादेव गुफाको आम्दानिबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला संचालन हुर्दै आएको उपाध्यक्ष इश्वरी प्रसाद लम्सालले जानकारी दिए ।

कमेन्टहरु
Loading...