गण्डकी प्रदेश परिषद्मा गाडी चालक आक्रोशीत, होटल मै नाराबाजी

पोखरा, ११ मंसिर/ ‘के हाम्रो शरीर – शरीर होइन ? भिआइपी मान्छेले खाएको खाना हामीले खान हुँदैन ?’ मंगलबार, होटल अगाडि एक हुल मान्छे खैला बैला मच्चाउँदै थिए । उनीहरुको बोलीमा डर थिएन, आक्रोश थियो । आक्रोश भन्दा पनि ठुलो विद्रोह थियो ।

‘दुई सय तिरेर हामी भात खान सक्दैनौ ?’ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो परिषद् बैठकमा गाडी चालक, प्रहरी र प्रदेश प्रतिनीधिहरुलाई छुट्टा – छुट्टै खाना खुवाएको भन्दै उनीहरु विरोधमा उत्रिएका थिए । ‘खाना छैन भन्नुस् । हामी बाहिर गएर खान्छौ,’ ड्राइभर शिवराज बरालले भने, ‘यस्तो  खाना खुवाउँने ?’

ड्राइभर हुन् जस्तो दिए पनि हुन्छ भन्ने सोच रहेको उनीहरुको आरोप थियो । ‘जानुस् तपाईहरु आँफै गएर हेर्नुुस्,’ अर्का ड्राइभर युवराज पुनले भने, ‘खानै नसकिने छ ।’

‘हामीले जिताएर सरकारमा पुँग्ने हामीलाई बेवास्ता गर्ने ?’ सुरक्षाकर्मीको समेत बेवास्ता गर्दै उनीहरु चिच्याउँदै थिए, ‘खाना छैन भन्नस्, हामी आफ्नै घरमा गएर खान्छौं । खुवाउँन कै लागि यस्तो खाना नखुवाउँनुस् ।’ अन्य ठाउँमा पनि यस्तै दुब्र्यबहार गरिदै आएको उनीहरुले गुनासो गरे ।

होटल व्यवस्थापनले भने जे अर्डर आयो त्यहीं बनाएको बताएको छ । गण्डकी प्रदेशका प्रवक्ता मन्त्री रामशरण बस्नेतले भुलबस् दुई थरी खाना भएको बताए । उनले मंगलबार साझँबाट नै एउटै थरी खाना हुने बताए ।

कमेन्टहरु
Loading...