गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ चीन भ्रमणमा, सम्झौता हुने

पोखरा, ८ असोज /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्त भ्रमणका लागि

पोखराबाट त्यसतर्फ लागेका छन् । मुख्यमन्त्री भैसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो भने नेपालकै

मुख्यमन्त्रीहरुमध्ये दोश्रो भ्रमण उनको हो । हाईनानको राष्ट्रिय दिवसमा प्रमुख अतिथिको रुपमा उनी जान लागेका

हुन् ।

गण्डकी प्रदेशले प्राविधिक शिक्षालय, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, होमस्टे, अगार्निक कृषि उत्पादन, हाईड्रो र

सोलार उर्जा, विशेष औद्योगिक क्षेत्र निर्माणका लागि साझेदारी गर्ने तयारी गरेको मुख्यमन्त्री गुरुङले बताए ।

सोमबार पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रदेशको आवश्यक्ता अनुसार लगानी र

अनुदानका लागि आह्वान गर्ने बताए ।

आपसी समझदारी गर्ने तर देखाउनकै लागि धेरै सम्झौता नगर्ने बताए । गण्डकी सरकार गठन भएको करिब ८

महिनासम्म सरकारले कुनै गुरुयोजना बनाउन सकेको छैन । र आफ्ना आयोजना तथा प्राथमिकता पनि छुट्याउन

भ्याएको छैन । विना योजना लगानी र अनुदानका लागि नगर्ने भएकोले भ्रमणबाट हौसिनुपर्ने अवस्था नरहेको

मुख्यमन्त्री गुरुङको भनाई छ ।

टोलिमा मुख्यमन्त्री गुरुङ, मुख्य न्यायधिबक्ता राजेन्द्र घिमिरे, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी

शर्मा र प्रमुख सचिव लक्ष्मीराम पौडेल सहभागी छन् । यसबाहेक पर्यटन व्यवासयी र उद्योग व्यवसायीको

सहभागीता हुनेछ । टोली आज काठमाडौ पुगेको छ भने मंगलबार चिन जाने छ । गण्डकी प्रदेशको कार्यवाहक

मुख्य मन्त्रीको जिम्मा आर्थिक मामिला मन्त्री किरण गुरुङले पाएका छन् ।

कमेन्टहरु
Loading...