गण्डकी मेडिकल कलेजका दुवै कर्मचारीलाई ठगी मुद्धा दर्ता

पोखरा, २४ फागुन /पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा कलेजका पक्राउ परेका कलेजका कार्यकारी अधिकृत (सीईओ) र परीक्षा नियन्त्रकलाई ठगी मुद्धा दर्ता गरको छ ।

विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका कलेजका दुवै जना कर्मचारीलाई ठगी मुद्धा दर्ता गरेको हो । कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्धा दायर गरिएको हो । कास्की प्रहरीले सञ्चालक समेत रहेका कलेजका पूर्व सिईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई बुधबार पक्राउ गरेको थियो ।

उनीहरु सहित कलेजका १० जनालाई पक्राउ गर्न अदालतको सिफारिसमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । कलेजका अध्यक्ष खुमा अर्याल सहित अन्यको खोजी भैरहेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ भन्दा बढि लिएको विद्यार्थीको आरोप छ । कलेजले विद्यार्थीबाट १० लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ । अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका विद्यार्थी एक महिना देखि आन्दोलनमा छन् ।

कमेन्टहरु
Loading...