पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एकै दिन १३ सय बढि विरामीको उपचार

सागर राज तिमिल्सिना
पोखरा, २३ असोज/पोखरा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एकै दिन उपचारका लागि १३ सयभन्दा बढि विरामी आएका छन् । दशै विदा पछि खुलेको अस्पतालमा एक पछि अर्को दिन विरामी सख्या बढेको अस्पताल प्रशासनले जानकारी दिएको छ । दशैको पुर्णिमा पछि खुलेको अस्पतालमा सोमबार मात्रै १३ सय ८ जना विरामीले ओपिडिमा उपचार गरेका छन् । यो अहिले सम्म कै एकै दिन उपचार गरेको धेरै सख्या हो ।

एकै दिन धेरै जना अस्पतालमा उपचारका लागि आउदा विरामीहरु लामो समय उपचारका लागि पर्खनु पर्नेका थियो कोही टिकट नपाए त्यती कै फर्किनु पर्नेको थियो । कास्कीको माछापुच्छे गाउँ पालिकाको धितालबाट उपचारका लागि आएकी सिता भुजेलले दुई दिन धाउदा पनि उपचारका लागि विहान ७ बजे देखि लाइनमा बस्दा १२ बजे सम्म लाइनमै बस्नु पर्नेको बताइन् ।

तथ्याङक अनुसार पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट वार्षिक डेढ लाख भन्दा विरामी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा लिने गरेका छन् । दैनिक ७/८ सयको हाराहारीमा विरामीहरु उपचारका लागि आउने भए पनि सोमाबार भने १३ सय बढि आएका थिए । समयमा उपचार र भिड्भाड् हुदा विमारी र विरामीका आफ्न्तहरु आक्रोसीत भएका थिए ।

आइतबार ११ सय जना विरामीले उपचार गराएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति प्राध्यपक डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिए । उनले जनशक्ति कम हुदाँ विरामी उपचार नै नगरी फर्किन बाध्य भएको बताए । थापाले विदाका बेलामा पनि उपचार हुने व्यवस्था मिलाउनु पर्ने बताए । सोमबार उपचारमा आएका सबै भन्दा बढि विरामी गर्भवती महिला रहेको अस्पतालका निर्देशक अर्जुन आर्चायले बताए । उनले दशै अगाडी डाक्टरहरुको हड्ताल र त्यसपछि दशै विदा परेका कारण अस्पतालमा विरामीको सख्या ६ सय ४८ जनाले गर्भवती परिक्षण गर्न आएको उनले बताए ।

२०१२ सालमा सैनिक अस्पताल, २०१९ सालमा जिल्ला, २०३२ मा अञ्चल अस्पताल र २०४३ सालमा क्षेत्रीय अस्पतालका रुपमा स्तरोन्ती भएको थियो । अस्पतालमा अहिले आकस्मीक सहित ओपिडी, नशा तथा हाड जोर्नी, दाँत, बालउपचार, मृगौला, मृटु, आइसियु, सिसियो लगायतका अधिकांश विरामीलाई उपचार सेवा उपलब्ध हुने गरेको छ । अस्पतालमा अहिले कुल पाँच सय बढि कर्मचारी कार्यरत छन् भने दरबन्दीका हकमा निकै नाजुक अवस्था रहेको छ । जसका कारण अस्पतालमा उपचारका लागि आउने विरामीले सेवा लिन कठिनाई भोग्ने गरेका छन् ।

कमेन्टहरु
Loading...