गण्डकी विकास बैंकका सिइओ रेशम थापाका छोरा दुर्घटनामा परि निधन

पोखरा, ३ मंसिर /काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार राति बा१प १३०७ नम्बरको पर्यटक गाडीले बा८६प ९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पोखरा लेखनाथ महानगरपालिका ११ का सञ्जय थापाको मृत्यु भएको हो ।

पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । थापा बानेश्वरस्थित कन्याम ब्वाइज होस्टलमा बस्ने विद्यार्थी हुन् ।

ठक्कर दिने पर्यटक गाडीसहित चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । थापा गण्डकी विकास बैकका सिईओ रेशम थापाका छोरा हुन् ।

कमेन्टहरु
Loading...