पोखरा र लेखनाथमा फागुन ३ गते पेट्रोल, डिजेल र मट्टीतेल वितरण गरिने (हेर्नुहोस् परिमाण र पम्प विवरण)

आज मिति २०७२।११।२ गते बसेको वैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ वितरण गर्ने निर्णय गरियो ।

निर्णय नं. १
मिति २०७२।११।३ गते निम्नानुसारका पेट्रोल पम्पहरुबाट निम्नानुसारको डिजेल र पेट्रोल वितरण गर्ने । यो विवरण गन्थनको एनड्रोइड मोबाइल एप बाट पनि हेर्न सकिन्छ, डाउनलोड गर्न यहा क्लिक गर्नुहोस http://bit.ly/ganthanapp

[embeddoc url=”https://ganthan.com/wp-content/uploads/Petrol_Diesel_distribution_2072Falgun3-Pokhara.pdf” height=”1500px”]

निर्णय नं.२. मिति २०७२।११।३ गते वितरण हुने डिजेल १५० के.एल र पेट्रोल १६६ के.एल. मिति २०७२।११।२ गते साझ सम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।

निर्णय नं.३. वितरण मिति २०७२।११।३ गते विहान ८ बजे देखि शुरु हुने ।

निर्णय नं. ४. उपरोक्त पेट्रोल पम्पहरुबाट तोकिए अनुसार सवारीहरुलाई अभिलेख राखी निम्नानुसार मोटरसाइकललाई रु.८००।– र स्कुटरलाई रु.५००।–बराबरको । सवारी धनीले व्लूबुक अनिवार्यरुपमा लिई आउनु पर्ने ।

निर्णय नं.५. उपरोक्त पेट्रोल पम्पहरुबाट तोकिएका चारपांग्रे सवारीहरुलाई रु.२०००।– बराबरको पेट्रोल उपलब्ध गराउने ।

निर्णय नं. ६. उपरोक्त पेट्रोल पम्पहरुबाट निम्न वमोजिमको डिजेल उपलब्ध गराउने ।
क. लामो दुरीको ठुलो ट्रक, वस– रु. ७५००।– बराबरको
ख. ग्रामिण रुटमा चल्ने ठूलो बस – रु.३५००।– बराबरको
घ. मिनि वस – रु. ३०००।– बराबरको
ङ. हायस बस – रु. ३०००।– बराबरको
च. नगरबस÷वेगनास बस – रु. ३५००।– बराबरको
छ. मिनि, मझौला र लोकल ट्रकहरु – रु.२५००।– बराबरको
ज. अन्य निजी डिजेल कार, जिपहरु – रु. २०००।– बराबरको
झ. ठूलो ट्याक्टरहरु – रु.१०००।– बराबरको
ञ. साना ट्याक्टरहरु – रु.५००।– बराबरको
ट. पर्यटन ठूला बसहरु रु.५५००।– बराबरको
ठ. पर्यटन साना सवारीहरु रु.२०००।– बराबरको
ड. खुद्रा माल ढुवानी गाडीहरु रु.१५००।– बराबरको

निर्णय नं.७. मिति २०७२।११।३ गते विहान ८ वजेबाट प्रति व्यक्ति ५ लि.का दरले वितरण हुने मट्टितेल सम्बन्धी जानकारीः
क) साकार आयल स्टोर्स सिम्पानी
ख) शान्ति प्रोभिजन स्टोर्स, विन्दवासिनी
ग) विकाश आयल स्टोर्स, छोरेपाटन

निर्णय नं.८. कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।
(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य

उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।

Petrol_Diesel_distribution_2072Falgun3-Pokhara / पोखरा र लेखनाथमा फागुन ३ गते पेट्रोल, डिजेल र मट्टीतेल वितरण गरिने (हेर्नुहोस् परिमाण र पम्प विवरण)

कमेन्टहरु
Loading...