मिडिया कप फुटसल, होटल क्राउन हिमालय द्धारा जर्सी प्रदान

पोखरा, ९ भदौ /पोखरामा मंगलबार देखी पोखरा मिडिया कप फुटसल प्रतियोगिता शुरु हुदैं छ । फुटसल प्रतियोगिताको पूर्व सन्ध्यामा गन्थन डटकमको टोलीलाई दुई संस्थाले जर्सी प्रायोजन गरेका छन् ।

पोखराको होटल क्राउन हिमालयले गन्थन डटकमको ए टोलीलाई जर्सी प्रायोजन गरेको हो । होटलका सञ्चालक आग्रह अर्यालले टिम कप्तान पूर्ण न्यौपाने र व्यवस्थापक एवं गन्थन डटकमका सञ्चालक सागरराज तिमिल्सिनालाई जर्सी हस्तान्तरण गरेका थिए ।

त्यसैगरी गन्थनकै दोस्रो रोजाईको बी टोलीलाई मेरो साथी टिभीले प्रायोजन गरेको छ । मेरो साथी टिभीका सञ्चालक सुरेश सुनारले कप्तान विजन अधिकारीलाई जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी १०/१० थान(सेट) हस्तान्तरण गरिएको हो ।

मिडिया कप फुटसल, होटल क्राउन हिमालय द्धारा जर्सी प्रदान
मिडिया कप फुटसल, होटल क्राउन हिमालय द्धारा जर्सी प्रदान

अर्याल र सुनार दुवैले मिडिया कपमा सफलताको शुभकामना समेत व्यक्त गरे । होटल क्राउन हिमालनमा ३८ वटा स्तरीय कोठा छन् भने विभिन्न कार्याक्रम गर्नका लागि हल, व्यवस्थित पार्किङ लगाएत रहेको छ ।

फुटसल प्रतियोगिताको आयोजना जक्शन डटकम र सिक्स्टिन प्रोडक्शन गरेका हुन् । भदौको १० र ११ गते दुई दिनसम्म प्रतियोगिता चल्ने छ । फुटसल प्रतियोगिताको विजेता समूहले ३५ हजार रुपैयाँसँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।

मिडिया कप फुटसल, होटल क्राउन हिमालय द्धारा जर्सी प्रदान
मिडिया कप फुटसल, होटल क्राउन हिमालय द्धारा जर्सी प्रदान

त्यस्तै दोस्रोले २० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीेले रु ५ हजार, गोल रक्षकले ३ हजार, अनुशासित टिमले ५ हजार र सर्वा्धिक गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...