फोर्डले फोर्ड हेरिटेज मन्थ मनाउने, नेपालमा फोर्ड इको स्पोर्टस् र फोर्ड कुगा उपलब्ध

पोखरा, २७ जेठ / सन् १९६६, फोर्ड रेसिङ इतिहासको एक विशेष र स्मरणीय साल रहेको छ । त्यो वर्ष ल मान्स्, जसले गाडी पारखीहरुले २४ घण्टे चुनौती र कौशलताको महान प्रतिस्पर्धाको रुपमा लिइन्छ, उक्त प्रतिस्पर्धामा फोर्ड जीटी गाडीहरुले पहिलो, दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल रहेको थियो । साथै सन् १९६७, १९६८ र १९६९ मा पनि त्यस्तै जित हासिल गर्न सफल भएको थियो ।

यस वर्ष फोर्डले फोर्ड हेरिटेज मन्थ मनाउने क्रममा फोर्ड र रेसिङबीचको सहकार्य तथा समन्वयले अझ उच्च गति लिएको छ । यो वर्ष पनि फोर्ड जीटीका गाडीहरु ल मान्समा जुन १८ र १९ गते हुन गइरहेको ऐतिहासिक तथा चुनौतीपूर्ण २४ घण्टे कौशलताको प्रतिस्पर्धाको लागि छानिएको छ । ल मान्स्को प्रतिस्पर्धाको लागि फोर्ड जीटीका चार गाडीहरु नम्बर ६६, ६७, ६८, ६९ मैदानमा उत्रिने छन् ।

फोर्डले फोर्ड हेरिटेज मन्थ मनाउने, नेपालमा फोर्ड इको स्पोर्टस् र फोर्ड कुगा उपलब्ध
फोर्डले फोर्ड हेरिटेज मन्थ मनाउने, नेपालमा फोर्ड इको स्पोर्टस् र फोर्ड कुगा उपलब्ध

फोर्ड जीटीको इतिहास

फोर्ड कम्पनीका कार्यकारी अध्यक्ष हेन्री फोर्ड दुतियाका अनुसार सन् १९६० मा फोडै जीटीले ल मान्स्मा प्रतिस्पर्धा गर्दा फोर्ड गाडीहरुले प्रचलित नाम चलेका गाडीहरुभन्दा वढी चुनौती र कोशलता वहन गर्न सक्ने लक्ष्य पूरा गरेको छ र त्यही नविनतम सोच र भावनाका साथ आजका फोर्ड गाडीहरु बनाइएका र प्रतिस्पर्धामा भाग लिइरहेका छन् ।

नयाँ फोर्ड जीटी फोर्डका एक उत्कृष्ट गाडी हुनुका साथै यो हल्का, कार्वन फाइवरले बनेको र फोर्ड इको बुस्ट इन्जिन रहेको छ । फोर्डको यो गाडी अरु प्रचलित रेसिङ ब्राण्ड जस्तै फरारी पोर्स, आस्तन मार्टिन जस्ता गाडीहरुसाग प्रतिस्पर्धा गर्ने छ ।

पावरफुल इकोबुस्ट इन्जिन
फोर्डको रेसिङ इतिहासमा फोर्डको उत्कृष्ट टेक्नोलोजीको विकासको पनि उति नै भुमिका रहेको कम्पनीले जनाएको छ । यस पाली पनि ३।५ ली। इको बुस्ट इन्जिनका साथ विभिन्न कठोर जाँच पछि यी गाडीहरु ल मान्स्का प्रतिस्पर्धामा सामेल हुँदैछन् ।

इको बुस्ट – सानो तर दरिलो प्रविधि
फोर्ड इको बुस्ट इन्जिनले बढी पावर प्रदान गर्दछ र कम इन्धन खपत र वातावरण मैत्रीको लागि प्रख्यात छन् । सन् २००९ मा फोर्डले इको बुस्ट इन्जिन सार्वजनिक गरेपछि अहिलेसम्म ५० लाख भन्दा वढी गाडीहरु यस प्रविधीका इन्जिन जडान छन् । एसियामा पनि यस प्रविधीको प्रख्यात र मागका साथ फोर्डले इको बुस्ट इन्जिन युक्त गाडीहरु बजारीकरण गर्दै आएको छ ।

यसैबीच, नेपालमा इको बुस्ट इन्जिनका साथ फोर्ड इको स्पोर्टस् र फोर्ड कुगा उपलब्ध छन् । फोर्ड हेरिटेज मन्थ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदै छ । जस अन्तर्गत जुन महिना भरी फोर्ड गाडीमा विशेष छुटको व्यवस्था गर्नुका साथै शोरुम पाल्नु हुने ग्राहक तथा टेस्ट ड्राइभ गर्नेहरुको लागि विशेष उपहारको व्यवस्था गरिएको छ । साथै जि।ओ। फोर्डले ग्राहकहरुको रुचीमा ध्यानमा राखी स्पेशल मुभि नाइट, गोकर्ट ट्रयाकमा विशेष रेस जस्ता थुप्रै कार्यक्रमहरु ल्याएका छन् ।

कमेन्टहरु
Loading...