पत्रकार महासंघ गोरखाको अध्यक्षमा थापा

गोरखा, ४ फागुन /गोरखा नेपाल पत्रकार महासङ्घ गोरखाको पाँचौ अधिवेशन तथा आठौँ साधारण सभाले अध्यक्षमा किशोरजङ्ग थापा सर्वसम्मत चयन भएका छन्।

महासङ्घ गोरखा शाखाको संस्थापक अध्यक्षसमेत रहेका थापा लामो समयदेखि गोरखाको पत्रकारितामा क्रियाशील रहँदै आएका छन्। अधिवेशनबाट उपाध्यक्ष खुल्लामा दीपक श्रेष्ठ र महिला उपाध्यक्षमा अनुपमा खनाल चयन भएका हुन्।

यस्तै, सचिवमा नरहरि सापकोटा चयन भए भने सहसचिव खुल्लातर्फ गुणराज रोका र समावेशीतर्फबाट रेणु श्रेष्ठ, कोषाध्यक्षमा हरिराम उप्रेती चयन भएका हुन्। महासङ्घको सदस्यमा सन्तोष अधिकारी, करिष्मा केसी, विकास मरहट्ठा, बिमल श्रेष्ठ, चाँदनी श्रेष्ठ, दानबहादुर गुरुङ र उद्धव कुमाल सर्वसम्मत चयन भएका हुन्।

केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठ, सुदीप कैनी, आत्माराम श्रेष्ठ र राजेन्द्र न्यौपाने, प्रदेश पार्षदमा प्रशन्न पोखरेल, अञ्जनबाबु खत्री, सङ्गम तिवारी र सुरेन्द्र देवकोटा सर्वसम्मत चयन भएका अधिवेशनका लागि खटिएका केन्द्रीय प्रतिनिधि रमेश बिष्टले बताए।

कमेन्टहरु
Loading...