पत्रकार महासंघ गुल्मीमा भुसाल

गुल्मी, ४ फागुन /नेपाल पत्रकार महासंघ गुल्मी शाखाको मङ्गलबार सम्पन्न पाँचौँ अधिवेशनले नवराज भुसाललाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

पन्ध्र सदस्यीय समितिको उपाध्यक्षमा अनिल खत्री, सीता भण्डारी, सचिवमा टोपलाल अर्याल, सहसचिवमा घनश्याम खरेल, नारायण मरासिनी र कोषाध्यक्षमा तेजेन्द्रकुमार श्रेष्ठ छन्।

त्यस्तै, सदस्यहरुमा रेशम कुँवर, राजेन्द्र पन्थी, रामकृष्ण कँडेल, धनकुमारी नेपाली, कौरव खत्री, छवि पाण्डे र दधिराम खनाल छन्। महासङ्घको केन्द्रीय सभासद्मा घनश्याम गौतम, हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, कमल पौडेल, गगनशिला खड्का, हरि पोखरेल र प्रेम सुनार चुनिएका छन्।

प्रादेशिक सभासद्मा ज्ञानबहादुर महतरा, तिलक महत, हेमलाल भण्डारी, सञ्जीवनी अर्याल, अर्जुन भण्डारी, ताराप्रसाद भुसाल, मदन पौडेल र गणेश सारु निर्विरोध निर्वाचित भएको केन्द्रीय प्रतिनिधि सुरज आचार्यले बताएका छन्।

प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरबीच सहकार्य भएपछि नेतृत्वसहित सबै पद निर्विरोध चयन गरिएको हो।

कमेन्टहरु
Loading...