Ganthan News Pokhara
All news from Pokhara & around

अख्तियार पोखराको टोलीले ५ लाख घुस सहित सहन्यायाधीवक्ता पक्राउ

0

पोखरा, २४ असोज /अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा

कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय

कार्यालयको टोलीले बुधबार बिहान उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो।

अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो। ‘कार्यालयमै घुस लिने गरेको

सूचनाका आधारमा टोली पुग्दा पाँच लाख नगदसहित पक्राउ गरिएको हो,’ ढकालले भने।

थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यालय पुगेका थिए। उनी शंकास्पद तरिकाले कार्यालय गएको बेला अख्तियारको टोली पछि

लागेको थियो। ठगि मुद्धामा उच्च अदालत पोखराबाट सफाइ पाएको एक सेवा ग्राहीलाई सबोच्चमा मुद्धा नचालउने भन्दै घुस लिएको

उनले बताए ।

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...