पाँच ठाउँको मौषम विवरण फोनबाटै

पोखरा, २५ फागुन /गर्मी कति होला, पानी कति प¥यो होला जस्ता मौषम सम्बन्धी जिज्ञास छ ? त्यसको निराकरणका लागि हावापानी कार्यालय पोखराले फोन गरे पछि जानकारी पाउने व्यवस्था मिलाएको छ ।

पाँच ठाउँको मौषम विवरण फोनबाटै
पाँच ठाउँको मौषम विवरण फोनबाटै

१६१८०६१४६५२९९ मा फोन गरे पछि पोखरा, भैरहवा, पाल्पा, कास्कीको लुम्ले र तनँहुको खैरेनटारको मौषम विवरण एकै पटकमा पाउन सकिन्छ । यो नम्बरमा फोन गर्दा पहिले पोखराका मात्रै विवरण पाइन भए पनि केहि दिन देखि पाँच ठाउँको विवरण दिने व्यवस्था मिलाएको हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले जानकारी दिए । ‘पहिले पोखराको मात्रै जानकारी दिने व्यवस्था दियो,’ उनले भने, ‘प्राविधिक समस्या आए पछि करिब ६ महिना देखि सेवा बन्द थियो ।’ उनले केहि दिन देखि पोखराको मात्रै नभइ अन्य ठाँउको जानकारी समेत थप गरेर सेवा सञ्चालन गरेको बताए ।

अन्य ठाउँको पनि सम्भव भए सम्म सेवा थप गर्दै जाने उनले जानकारी दिए । फोनबाट २४ घण्टामा भएको मौषमी विवरण प्राप्त गर्न सकिने उनको भनाई थियो । ‘जान्नेले त इन्टरनेटबाट जानकारी लिन सक्लान्,’ उनले भने, ‘सबै सगँ इन्टरनेटको पहुँच नहुन पनि सक्छ, फोनको पहुँच भने धेरै सगँ छ ।’ दिऊसो ५ः४५ सम्मको मौषमको विवरणलाई साझँ ६ बजे पछि फोनबाट लिन सकिने उनले बताए । उनले अघिल्लो दिनको मौषमले भोली पल्टलाई पनि प्रभाव पार्ने भएका कारण मौषमी विवरणले सबैलाई सहयोग पुग्ने बताए ।

कमेन्टहरु
Loading...