फेवाताल र बेगनास तालमा एक/ एक जना मृत फेला

फाइल तस्बिर

पोखरा, २२ जेठ /  पोखराका फेवाताल र बेगनास तालमा एक/ एक शव फेला परेका छन् ।

पोखरा महानगरपालिका ३१ बेगनास स्थित बेगनास तालमा एक जनाको र फेवातालमा एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बेगनास तालमा करिब ६० बर्षिय हाल सम्म नामथर वतन नखुलेको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

त्यसै गरि पोखरा महानगरपालिका ६ गौरीघाट स्थित रत्न मन्दिरको गेट अगाडी फेवातालमा सिन्धुपाल्चोकको बाणें गाँउका एक युवक मृत फेला परेका छन् ।

करिब २७ बर्षिय थबिन्द्र कोईराला मृत अवस्थामा तालमा फेला परेका छन् । दुबैको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल अस्पतालमा राखीको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक गोविन्द्र पुरीले जानकारी दिए ।

त्यसै गरि कुश्मा नगरपालीका ५ स्थित मोदीबेणीबाट सोही ठाउँका ५२ बर्षिय होमनाथ पौडेल काली गण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...